• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

आचार्यको आत्मदाह राज्य व्यस्थामाथी नै प्रश्न

काठमाडौं । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै इलामका प्रेम आचार्यले  पेट्रोल छर्केर गरेको आत्मदाहको घटनाले यतिबेला सिंगो मुलुकलाई नै शोकाकुल बनाएको छ ।

शरिरको ८० प्रतिशत जलेको अवस्थामा उद्धार गरिएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएसँगै मुलुक शोकमा डुबेको हो । यो आत्मदाहको घटनाले एउटा प्रेमको बाध्यात्मक निधन पछाडी सिंगो राज्य र यहाँको व्यवस्था दोषी छ भन्ने तथ्यलाई उजागर गरेको छ । नेपालमा गरिखान चाहानेहरु भन्दा लुटि खानेहरु सल्बलाएका घटनाहरुले भोलीका दिनमा अन्य प्रेमहरु पनि जन्मन सक्ने छन् ।

यो घटनाले सोझासिधा नागरिकको जीवनयापन कठिन भएको देखाएको छ । सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा प्रेमले आफूलाई आगो लगाएका थिए । उनले आफ्नो आत्मदाहलाई बाध्यात्मक परिस्थितिको उपज भन्दैगर्दा धेरै गरिखाने वर्गहरुले धेरै प्रेमहरु यो बाटोमा अग्रसर हुने भन्दै न्यायको याचना गर्दै काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन् ।

उपचारका क्रममा स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीले आचार्यसँग कुराकानी नै गरेर समस्या समाधानमा हामी अग्रसर हुन्थ्यौँ, किन यस्तो कदम चाल्नुभयो भन्ने अभिव्यक्ति दिएपनि जीवन बचाउन सकिएन ।

अझ, गृहमन्त्री रबी लामिछानेले त नयाँ आशा गरिएका हामीहरुले समेत निरासालाई आशामा बदल्न सकेनौँ भनेर माफी माग्दै मृतकका परिवारसँग उहाँले उठाएका मुद्धामाथी अनुसन्धान गर्ने र सचेत हुनुपर्ने ठाउँमा हुने, गराउनुपर्ने ठाउँमा गराउने आश्वासन दिएका छन्  । सत्तारुढ घटक दलका नेता, प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेताहरुले सिंगो देशलाई नै लज्जित बनाउने घटना घटेको भन्दै सबैले सचेत भएर अघि बढ्नुपर्ने अभिव्यक्ति दिइरहेका छन् । भलै सरकारमा हुँदा मौन रहने र सत्ताबाहीर रहेको अवस्थामा राज्यलाई दोश लगाउने चलन  रही आएको छ । 

आखिर के कारणले ३६ वर्षिया प्रेम आचार्यले आत्मदाहको बाटो रोजे त ? आफ्नो आत्मवृत्तान्त र असफलताको कथा लेखेको भन्दै उनले नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय ५३ शब्दको बयान लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । उनले लेखेकका हरेक शब्दहरुले नेपालको राज्यव्यवस्था विरुद्ध नै प्रश्न खडा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर