• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कोही पनि उपचार नपाएर मर्ने अवस्था आउँदैनः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरी

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले पर्वत जिल्ला अस्पताललाई झण्डै रु डेढ करोड मूल्य बराबरको डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक गृहजिल्ला आएका उनले स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखामार्फत उपलब्ध आधुनिक मेसिन हस्तान्तरण गरेका हुन् । 

पर्वत् अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै मन्त्री गिरीले पिछडिएको क्षेत्रमासमेत गुणस्तरीय स्वास्थ्य सेवाको पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए । आफू  अहिले स्वास्थ्य क्षेत्रका समस्या पहिचानमा लागेको बताउँदै उनले ताप्लेजुङदेखि दार्चुलासम्मका समस्या पहिचान गरेर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । गुणस्तरीय स्वास्थ्यको पहुँच सबै जनतामा पु¥याउने जिम्मा सरकारको भएकाले उपचार नपाएर अकालमा मर्नुपर्दैन भन्ने प्रत्याभूति जनतालाई दिलाउने गरी काम गर्जे उनको भनाइ छ । यसका लागि सबै स्वास्थ्य संस्थामा आधारभूत सुविधा र जनशक्तिको व्यवस्थापन गर्ने उनले बताए । 
 
स्वास्थ्यमन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रका समस्याको समाधान सहज भने नरहेको स्वीकार गर्दै न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड देशेभर पु¥याउने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याबारे गहिरोगरी अध्ययन गर्दैछु । ती समस्या पहिचान गरेर जनतालाई सेवा दिने बाचा गर्दछु ।” उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य बीमालाई दिगो र भरपर्दो बनाउँदै गरीब जनताले स्वास्थ्य बीमामार्फत नै सेवा लिनसक्ने आवस्था सिर्जना गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । 

अर्को प्रसङ्गमा पर्वतका सातवटै स्थानीय तहमा आगामी ५ वर्षभित्र सुविधासम्पन्न अस्पताल खोल्ने घोषणा  गरे । जिल्ला अस्पतालमा अत्यावश्यक उपकरणको कमी रहेछ । आगामी पाँच वर्षभित्र सातवटै पालिकामा अस्पताल हुने र  डाक्टर, नर्स तथा ल्याब हुने बताउँदै कोही पनि उपचार नपाएर मर्ने अवस्था नरहने उनको भनाइ छ । 
 
पर्वत अस्पतालमा ५० शय्या अनुसार जनशक्ति व्यवस्थापन गर्ने र आवश्यक उपकरण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता जनार्ए । मन्त्री गिरीले पर्वत अस्पतालको निरीक्षणसमेत गरे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर