• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नडराउ रवि तिमी 

नडराउ रबि तिमी रबि होइन रवि हौ
सारा नेपालीको सुखानुभुतिको छवि हौ,
हर लय र भाकाहरु बजाई रहन्छन् पाखण्डीहरु
गीत गजल र महाकाव्य उतार्न सक्ने कवि हौ ।।

अनिन्द्रा बनायो समाचारले छट्पटी बनायो
आफ्नै सन्तानलाई आफैले नाजायज बनायो,
कपटी पापी र धुर्तहरु सलबलाउनु सल्बलाए
डरले कपटले थरथरी ओकलियो आफैं गनाए ।।

लुट्न पल्केकाहरु ठग्न पल्केकाहरु
मान्छेका रुपमा जन्मिएका पशुहरु,
कति लुट्छौ रुवाउँछौ अब पनि आमालाई 
हरेकदिन जननीको बलात्कार गर्नेहरु ।।

रोक्न सके रोकेर हेर अब पनि रविलाई
छेक्न सके छेकेर हेर हत्केलाले उदाउदो रविलाई,
अझै बलियो अझै तेज अझै शक्तिशाली बनायौ
हराउने क्रममा वास्तवमा आफैले हिरो बनायौ रविलाई ।।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर