• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

राजनीतिलाई बुझ्ने दृष्टिकोणबारे

समाज सेवाको उच्चतम रूप नै राजनीति हो । यहाँ मात्र सेवा भावले होमिने हो न कि कुनै लगानी र प्रतिफलको व्यक्तिगत हिसाब किताबमा । सही गन्तव्य तय गरी गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल प्रदान गरिरहेको हुन्छ ।त्यही नै राजनीतिज्ञको विजय हो ।

समाज रूपान्तरण र सामाजिक,आर्थिक,सांस्कृतिक विकासका हरेक पाटा पक्षहरूलाई त्यो देशको नेतृत्व र चिन्तन शैलीले निरन्तर परिष्कृत गर्दै लागेको हुन्छ।एउटा कुशल राजनीतिज्ञले आफ्नो व्यक्तिगत जीवन र भविष्यबारे कहिल्यै सोच्दैन र त्यतातिर कहिल्यै अलमलिँदैन ।

उ समग्र मुलुक र जनताको प्रगतिसँग आफ्नो प्रगति भएको महसुस गर्दछ। संसारमा जति पनि समृद्ध मुलुकहरू छन् त्यसको पछाडि इमानदार अनि कुशल राजनैतिक नेतृत्वकै चर्चा हुने गर्छ।अमेरिकाले अब्राहम लिङ्कन पायो,अफ्रिकाले नेल्सन मन्डेला, क्युवाले फिडेलक्वास्ट्रो, सिंगापुरले ली क्वान यू,चीनले माओत्सेतुङ देखि सी (जिंफिङ सम्म,मलेसियाले मोहम्मद महावीर,भारतले महात्मा गान्धी, भियतनामले हो छि मिन्ह, रुसको लेनिन देखि पुटिनसम्म जस्ता महान राजनीतिज्ञ अर्थात् राष्ट्रसेवकहरूले ती मुलुकहरूको कार्य दिसा,कार्यशैली र भावी मार्ग स्पष्ट रूपमा तय गरेका छन् ।

माथि उल्लेखित केही उदाहरणीय राजनीतिज्ञहरूले आफ्नो सुख सुविधाको विषयमा चिन्तन गरेको भए के ती मुलुकहरू आज यो अवस्थामा पुग्न सम्भव थियो त,यसर्थ राजनीति वास्तव मै समाजसेवा र राष्ट्रिय हितको एउटा उच्चतम रूप हो । यो स्वयम् व्यक्तिलाई तत्काल प्रतिफल दिने व्यापारिक विषय किमार्थ हुन सक्दैन । यदि राजनीतिलाई व्यापार र व्यापारीले राजनीति सोच्यो भने उसले व्यक्तिगत प्रतिफलको हिसाबकिताब गर्छ नाफा घाटाको जोड घटाउ गर्छ।

व्यक्तिगत पद प्रतिष्ठाको हिसाबकिताब गर्छ।मैले यति धेरै लगानी गरे मुलुकले मलाई के दियो भनी राज्य सँग प्रश्न गरिरहन्छ अनि मुलुकको भविष्य भन्दा पनि आफ्नो आर्थिक पारिवारिक चिन्ताको साँघुरो घेराबाट मुलुकलाई बन्धक बनाइ रहन्छ र मुलुकको राजनैतिक धार परिवर्तन गरी आफ्नो पोल्टामा मात्र पार्ने कुचेष्टा गरिरहन्छ । नेपालको राजनीतिक इतिहासलाई केलाएर हेर्ने हो भने पृथ्वीनारायण शाहको मुलुक एकीकरण को अभियान पछिका राजनीतिज्ञ  भन्दा पनि वंश परम्परामामा आधारित शासकहरूको शासन सत्ता स्थापित भयो।

यो लामो समय चल्यो । जब जङबहादुरको उदय भयो शाह वंशीय राज कमजोर भयो राणाहरू जनताप्रति क्रूर देखिए जनताका अधिकार भन्ने केही रहेनन् । हुकुमी शासन चलिरह्यो । त्यस भित्र पनि बिभिन्न जाल झेल  षडयन्त्र र ठुला ठुला काण्ड नरसंहार, कोत पर्व जस्ता अमानवीय संहार मच्चाई सत्ता हातमा लिने सत्ताको बागडोर सम्हाल्ने र मात्र राणाहरुको हित र समृद्धिका खातिर सिंगो राज्य स्रोतको दुरुपयोग भई रह्यो। यो प्रक्रिया १०४ वर्ष चल्यो देश शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायका हिसावले पुरै अन्धकारमा डुब्यो ।

२००७ सालमा राणाहरुको चरम दमन ले आत्तिएका जनता र अधिकार कुण्ठित  गरी अपमानित भएका राजा त्रिभुवन बिच राणा शासनको अन्त्य गर्ने योजना बन्यो र त्यो सफल भयो । अब जनताको छोरो निर्वाचनका माध्यम वाट प्रधानमन्त्री हुने व्यवस्था सृजना भयो । तथापि शिशु प्रजातन्त्र माथि वैदेशिक हस्तक्षेप बढ्यो विशेष गरी दक्षिण  तर्फको छिमेकी ले व्यवस्था भित्र खेल्न सुरु गर्‍यो र आफ्नो  स्वार्थ अनुरूप सरकार र राजाबिचको सम्बन्धमा भाँजो सृजना गरी नेपालको अपार जल सम्पदा माथि गिद्धे दृष्टि राखियो फलस्वरूप २०११ सालमा मातृका प्रसाद कोइरालाको प्रधानमन्त्री कालमा कोसी सम्झौता भयो त्यो नितान्त देश हित विपरीत थियो कोसी सुम्पनुको पछाडिको रहस्य काँग्रेसको कुर्सी मोह नै थियो।

त्यो ठुलो रा घात थियो कारण स्वार्थ र सत्ता केन्द्रित राजनीति फेरी २०१५ सालमा नेपालको अर्को ठुलो नदी गण्डकी बि पी कोईराला को भारत भ्रमणका बेला सुम्पियो त्यस पछाडिका रहस्य पनि कुर्सी मोह नै थियो।प्रजातान्त्रिक भनिएको पार्टी नेपाली काँग्रेसले भारतको दबाबमा ठुलो राष्ट्रघात भयो । यस्ता रास्ट्रघाती राजनीतिज्ञहरुका कारण जनतामा फेरी राजनीति प्रति वितृष्णा पैदा भयो र राजा महेन्द्रलाई गण्डकी सम्झौतामा पसाइएका कारण २०१७ सालमा राजा महेन्द्रले सम्पूर्ण राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाए र पञ्चायती शासन व्यवस्था लागु गरियो ।

यो व्यवस्थामा राजा महेन्द्रले नेपालको उत्तर तर्फको छिमेकी राष्ट्र सँगको सम्बन्ध बिस्तार भयो राजा महेन्द्र ले चिनिया ‘कम्युनिस्ट पार्टीका महान् हस्ती जनवादी गणतन्त्र चीनका राष्ट्रपति क।माओत्सेतुङ सँग मित्रता बढाए र नेपालमा सडक पूर्वाधार र उद्योगहरू स्थापना भए त्यसै गरी कम्युनिस्ट मुलुक  रसिया सँग पनि मित्रताको हात बढईयो र महेन्द्र राजमार्गको झन्डै आधा हिस्सा सोभियत रुसको सहयोगमा निर्माण भयो।चिन ,सोभियत रुस ,डेनमार्क , बेलायत , अमेरिका जस्ता ठुला ठुला मुलुकहरूले नेपाललाई सहयोग गरेको भारतलाई पटक्कै मन परेको थिएन।

यता पञ्चायती शासकहरू जनतालाई न्याय दिने सवालमा अलि अनुदार थिए। तिनीहरु पनि राजालाई गुमराहमा पारेर राणा शैली अवलम्बन गर्ने  गर्थे।जसको कारण भौतिक पूर्वाधार विकासमा तीव्रता देखिए तापनि जनतालाई राजनैतिक अधिकार नदिँदा पञ्चायती व्यवस्था प्रति जनताको वितृष्णा स्वरूप २०४६ सालमा बहुदलीय व्यवस्था उदय भयो ।

२०४६ सालको प्रजान्तान्त्रलाई पनि शिशु प्रजातन्त्र नै भनियो। २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेस पार्टीले दुई तिहाइ बहुमत प्राप्त गर्याे तर त्यो आपसी खिचातालनी र निहित स्वार्थका कारण २ वर्ष पनि टिकेन। त्यो राजनीतिको महान् अवसर काँग्रेसले आपसिक लहका कारण गुमायो।जना अधिकारका चासो भन्दा पनि सत्ता स्वार्थ बढी देखियो त्यो राजनीति २०१७ सालमा खाएको ठक्कर ले पनि जनताको सेवा मा समर्पित हुन सकेन।अस्थिर राजनीति र दलीय व्यवस्था ले देश दल दलमा फस्यो। स्थानीय ठुला उद्योगहरू भारतीय ष्लतभचभकत अनुरूप धमाधम बन्द हुन् पुगे फेरी देश दुर्गतिको दुष्चक्रमा फस्यो।

२०५० सालमा काँग्रेस र एमालेको मिलेमतोमा सत्ता टिकाउन भारतलाई अर्को ठुलो ठुलो जल सम्पदा महाकाली सुम्पिए देशले अपूरणीय क्षति व्यहोर्नु पर्यों। त्यो सृंखलाबढ्द राष्ट्र घात ले नेपाली मन छियाछिया भयो सिङ्गो देश घाइते भयो।देशको शान र मानमा आँच आउने काम भयो।राजनीति र नेताहरू प्रति अविश्वास यसले पैदा गर्‍यो।यसरी सामन्ती र अर्धसामन्ती चेतनाका राजा र दलहरूले यो देश र जनताको हित गर्न सक्दैनन् ।राजनीति निकै नै दूषित भयो देश विदेशीहरुकाे क्रिडास्थल बन्यो मुलुकको अर्थतन्त्र धराशायी बन्यो।

उत्पादन र निर्यात ठप्प भयो।यहि ठम्याइका कारण त्यो उच्च तहको समाज सेवाकों रूप राजनीति लाई पूर्ण रूपमा सुदृढ गर्नुपर्छ सामन्ती र अर्धसामन्ती चेतका शासकहरूको समूल नष्ट गरी सामन्तवादलाई जरैदेखि उखेली नयाँ जनवादी गणतन्त्र स्थापना गर्नुपर्छ र राजनीति लाई पूर्ण रूपमा देश र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मूल आशयका साथ महान् जनयुद्ध थालनी भयो र यसले सामन्ती सत्ताको जरो हल्लायो साम्राज्यवादी र बिस्तारवादीहरूको पनि होस् खुलायो।

जनता मुलुकको मुक्तिका लागि स्वतःस्फूर्त जनयुद्धमा लामबद्ध भए हजारौँ हजारले आफ्नो ज्यान, परिवार, सम्पत्ति, सुख सुविधा केही कुराको प्रवाह नै नगरी मुलुक र जनताको मुक्तिका लागि बलिदानी पूर्ण सङ्घर्षमा लामबद्ध भए। यसले नेपाली राजनीतिलाई तरङ्गित गर्‍यो बिग़्रिएकाहरुलाई सच्चिन बाध्य बनायो।गणतन्त्र चाहिँदैन भन्नेहरूलाई चाहिन्छ भन्ने बनायो।साँच्चिकै राजनीतिले ठुलो फड्को राम्यो।

जसको फलस्वरूप १० बर्से जनयुद्धको  जगमा २०६२ सालमा राजा ज्ञानेन्द्रको व्यवहारबाट दिक्दार भएका बहुदल प्रेमी सात दल र नेकपा माओवादी सँग १२ बुद्धे समझदारी बन्यो र त्यही समझदारी मा टेकेर २०६२र६३ मा १९ दिने जनआन्दोलन भयो राजतन्त्रको सदा सदाका लागि अन्त्य भयो।राजा दरबार छोडेर हिँडे।अन्तरिम संविधान बन्यो र संविधान सभाको चुनाव भयो।

२०७२ सालमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।यो संविधानले सामन्ती सत्ताले पछि पारेका दलित , मधेसी , जनजाति , मुस्लिम , महिला , अन्य अल्प सङ्ख्या जाति , भाषा धर्म , क्षेत्र , लिङ्ग सबैको समावेशी सिद्धान्तको आधारमा राज्यका सबै अं गमा सुनिश्चितता गर्‍यो।यही हो राजनीति र समाजसेवाको उच्चतम रूप २०७२ को संविधान जारी भैसकेपछी नेपालको राजनीति प्रतिको आकर्षण एकाएक बढ्यो चेतनशील युवाहरू राजनीतिमा अग्रसर भए यसैका माध्यमबाट यही महान् अवसरको उच्चतम प्रयोगबाट मात्र देशको चौतर्फी बिकाश गर्न सकिन्छ।

देश र जनताको सेवा गर्न सकिन्छ भन्ने ठम्याई २०७९ को आम चुनावसम्म आई पुग्दा पूर्णपुरमा स्थापित हुन् पुगेको छ।नेपालको बिग्रिएको राजनैतिक प्रणालीलाई सहीमार्गमा ल्याई तमाम होनहार युवाहरुलाई राष्ट्र सेवामा लामबद्ध बनाउनु नै १० बर्से महान् जनयुद्ध को महत्त्वपूर्ण उपलब्धि हो र आज नेपालको संसद्मा देखिएको सिनले अझ माओवादी जनायुद्दलाई गर्विलो बनाएको छ।

महान् जनायुद्द र जनआन्दोलनले लिएको उद्देश्य अनुरूप देश पूर्णपुरमा सङ्घीय संरचना मा गई सकेको छ। यसलाई एउटा राजनैतिक अवसरका रूपमा तमाम नेपालीले प्रयोग गर्न पाउने छन् । त्यही भावना अनुसार जनयुद्ध र जनक्रान्तिका महानायक क.प्रचण्डको नेतृत्व मा सरकार बन्नु मुलुकको लागि एउटा ऐतिहासिक अवसर हो।

महानायक प्रचण्ड को आँखामा यो देश समृद्ध पार्ने सुन्दर सपना छ। त्यो ३० बर्षको कलिलो उमेरमा हेडमास्टरको जागिर छोडी मुलुकको सुन्दर सपना देखेर राजनीतिमा होमिनु भएको थियो। त्यही सपना पुरा गर्ने यो महान् अवसर खेर जाने छैन भन्ने पूर्ण विश्वास सिङ्गो देश र यो देशको हित चाहने विश्व भूगोल का सबै राष्ट्र हर्को सपना पुरा गर्नुहोस् यही शुभकामना व्यक्त गर्दछु।

 

लेखक बुद्व बवहादुर बस्नेत माओवादी केन्द्र लुम्बिनी प्रदेश र किसान आन्दोलनका स्थापित नेता हुन्

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर