• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

निर्वाचन आयोगलाई खुला पत्र

नेपालको इतिहासमा छिटो उचाईमा आउने व्यक्ति भनेको छिटो पतनमा आउने पनि रहेछ । अहिले सम्मका घटनाहरु देख्दा यस्तै देखिँदै आउको छ । पछिल्लो उदाहरण रवि लामीछाने रहेकै छन् ।

रवि लगाएत धुर्मुस–सुन्तलीको स्थिति त्यहि भएको थियो । तर, के गर्नु सिके राउत लगाएत बिचरा जनतालाई कानुन मिचेर आफै सर्वेसर्वा ठान्ने व्यक्ति आशाको केन्द्र भएका छन्  ।

राज्यमा कानुन सबैलाई समान रुपले लागु हुन्छ । कुनै व्यक्ति संचार माध्याम हल्लायो र माफियाको भित्रि मतियार बनेर आफु बलियो भयो भन्दैमा सबै छुट हुन्थ्यो र ? रवि विरुद्दको फैसलाले सम्मानित सर्बोच्च अदालतले देशमा कानुनी राज्य छ है भन्ने बनाएको छ । त्यहि मुद्दामा अरुलाई चाही कानुन लाग्ने तर मेडिया हल्लाएर, माफिया सित साँठगांठ गरेर आफु बलियो बनेका र जनतालाई सेनटिमेन्टल ब्ल्याकमेलीङ गर्ने व्यक्ति भन्दैमा उनलाई छुट हुन्थेन र त्यो अनुरुपको परिणाम आयो ।

जे होस् अहिले यो रवि बिरुद्दको मुद्दाको इजलासमा नमागेको फैसला दिने अनैतिक न्यायमुर्ति नभएकोले अहिले देशमा कानुनी राज्य नगुमेको संज्ञा पाईयो । तर निर्बाचन आयोगले जिम्बेवारी र उत्तरदायित्व बफादारी पुर्बक नगर्दा जनतालाई निराश बनाएको छ ।

गृह मन्त्रालय नै छानेर त्यसमा बसेर खेलेर आफु बिरुद्दको अनुसन्धान दबाउन सकिन्न, सत्ताको आडले राज्यको संयन्त्रले आफ्नो मुद्दाको प्रतिबाद नि गरिदिने र आफ्नो भित्रि दलालभ्रष्ट मतियारहरुको सेवा पनि गर्न सकिने भनेर सोचिएको थियो तर त्यो ३२ दिन मै गयो ।

कोहि पनि व्यक्तिले कानुन मिच्छ भने राज्यको सम्बन्धित निकायले कानुनी दायरामा ल्याउने हो । त्यसमा कसैले भनि रहनु पर्दैन । तर, ठुलो भ्रष्टचारीमा कहलिएका र आफूमाथिको अनुसन्धान राज्यको निकायहरु किनेर दबाएका महाप्रसाद अधिकारी उर्फ एम अधिकारीको चासो र स्वार्थमा काम गरिदिने गृह मन्त्रि हुनु भनेको विडम्बनाको कुरो हो । जो गृह मन्त्रीले एम अधिकारीको कुरा सुनेर उनको रिस उठेको व्यक्तिलाई ठिक पार्न पृथ्वी बहादुर भन्ने माथि सिआइबि लगाएर छानबिन चलायो । यी एम अधिकारी र अर्का महाभ्रष्ट डा. युबराज खतिवडाको लागि रवि कति जाति थिए ?
 
तब यिनकै हितका लागि १४ बर्ष अगाडी घटेको अरबौको घोटाला पनि रविले उनको टिमको दिपक बोहरा भन्ने ठगि गर्ने व्यक्ति मार्फत डिल गराई सार्बजनिक हुनबाट रोकेका थिए । त्यति मात्रै हैन यी भ्रष्टहरुको लागि सिआइबिले अनुसन्धान नै नगरी दर्जनौ निर्दोष गाउँले माथि क्यापिटल मर्चेन्ट भन्ने बैंकको बैङ्किङ्ग कसुरको मुद्दा चलाएको थियो । यी भ्रष्टले जे भन्यो र चाह्यो नेपाल प्रहरी सिआइबिले त्यहि गर्ने ? झन् रबि आए पछि त यी भ्रष्टहरुको त चकाचक पो भएको रहेछ ।

ठुला भ्रष्ट र ठग सित मिलेमतो तर साना कर्मचारीको पछि लाग्ने गर्थे भन्ने कुरा चरितार्थ भएको छ । बिडम्बनाको कुरो गगन थापा र रबि यी महाभ्रष्टबाट संचालिंत भन्दा लाजित हुनु पर्ने भएको छ । यी भ्रष्टहरु लगाएत अरु माफिया र रविको टिमको मोबाइ जाँचेर यिनलाई कानुनी दायरामा ल्याउने अब देशमा देखिन्नन । बिकम्पको शक्ति बन्न आएको शक्ति यस्तो पुराना दल भन्दा भ्रष्ट देखिनु बिडम्बनाको कुरो हो ।

रविको पार्टीको दुई मन्त्रिबाट यिनको टिमले पहिले निकै अनैतिक फाइदा लिएको पनि सजिलै बुझ्न सकिन्छ । स्टिंग अपरेशनको लागि भनेर जापान र दुबाई गएर नाटक मन्चन त्यसै गरेका रहेनन्छन् ।  ति मन्त्रि जस्तैको सहयोगले भएको रहेछ ।

अनि निर्बाचन आयोगको प्रमुख आयुक्त पनि यहि भ्रष्ट माफियाबाट घेरिएर त रबि माथिको उम्बेद्वारीको छानबिन गरेका रहेनन्छन । यी प्रमुख आयुक्तले आफ्नो जिम्बेवारी पुरा नगर्दा र बेइमानी गर्दा आज देशलाई भार परेको स्थिति छ । जनताले कर तिरेर उठेको राजस्व खेर गएको छ र देश झन्झटमा फसेको छ ।

डा. तोसिमाको ललितपुर र अर्का गुरुङको रुपन्देहीमा उम्बेद्वारी खारेज गर्ने प्रमुख आयुक्त तपाईले किन रविलाई छुट दिनु भयो ? प्रश्न यहाँ नेर आउँछ । तपाई र तपाईको टिम माथि किन छानबिन नगर्ने ? यो प्रतिष्टित राजनीतिज्ञ, बरिष्ट वकिल र विश्लेषकहरुको भनाई छ तपाईहरु माथि छानबिन गर्ने पर्छ । तसर्थ यदि नैतिकता छ भने राजिनामा दिन बिलम्ब नहोस । आफ्नो नियुक्ति लिनु पुर्ब कसैको डर र धम्कि नमानी....... भनेर सपथ खाएर अहिले यस्तो गैर जिम्बेवारी पुर्बक ब्यबहार गर्ने, देश र जनतालाई धोका दिने र नैतिक आचरण गर्ने कार्यले हामीलाई लज्जित बनाएको महसुश भएको छ ।

सपथ विपरित कार्य गरेपछि कठघरामा किन नउभिने भन्ने हुँदैन  । यस्तो निर्वाचन आयोगको बेइमानी, गैर जिम्बेवारी पूर्ण ब्यबहारले रबिले त्यस्तो संबेदनशिल मन्त्रालय चलाउन पुगे र देश प्रति ठुलो गद्दारी गरिएको महसुश भएको छ ।

अब तपाई निर्बाचन आयोगको प्रमुख आयुक्त लगाएत आयुक्तहरुको राजिनामामा कुर्ने मात्र सचेत जनताको आशा भएको छ ।

धन्यबाद ।
अर्पना नकर्मी 
गैरीधारा, काठमाडौँ  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर