• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कथा 'नागकन्या'

रामेछापको सदरमुकाम मन्थलीमा रहेको हवाई मैदान भन्दा दक्षिणतर्फ गडुवारी नाम भएको गाउँ छ । त्यसबेला भुत्याजोलदेखि रणजोलसम्म (आकाशे र गडुवारी) एउटै विशाल टार थियो ।

जहाँ पछि हवाई मैदान पनि बन्यो । हवाइ मैदान भन्दा कैयन गुणा बढि भूभाग अहिले खेतियोग्य जमिन र मानव बस्तीका रुपमा छँदैछ । नदी किनाराका सवै चाैरहरू त्यसबेला सार्वजनिक गौचरणका रुपमा थिए । हालको गडुवारीमा पनि आजको जस्तो बाक्लो मानव बस्ती थिएन । थोरै घरहरू थिए । ती घरहरूमा त्यसबेला आजको जस्तो ब्यवस्थित शौचालय थिएनन् । स्थानीय बासिन्दाहरू नदिको बगरमा आफ्नो शौच कर्म गर्दथे । उनीहरूले उत्सर्जन गरेको मल, घाम झुल्किन नपाउँदै घर पालुवा सुँगुर र कुकुरले खाएर सफा गरिसकेका हुन्थे । नेपालका सवै बस्तीहरूमा मानव र पशुमा यस्तै जीवन चक्र चलिरहेको हुन्थ्यो । जुन यहाँ पनि थियो ।

यसै सिलसिलामा एकदिन त्यसै गाउँकी एउटी किशोरी (मानव कन्या) बह्म मुहुर्तमा तामाकोशी नदी आसपास बगरमा शौचका निम्ती निस्किइन् । सधैँ झैं नित्यकर्म सकेर घर फर्किदै थिइन् । घर छेउको मैदान पार गरेर तामाकोशी पुगिन् । फर्किँदा बाटामा पर्ने उही चउरमा विशाल पत्थर अवरोधको रुपमा देखा पर्यो । मानव कन्या आश्चर्यमा परिन् । अघि घरबाट नदीतिर जाँदा समथर चउर थियो, अहिले घरतर्फ फर्किदा एक्कासी कसरी यति ठूलो शिला ? 

मानव कन्याले ‘किङ्खा बौडो पाथर (कति विशाल ढुंगाे) भनेर हातले सुम्सुम्याइछन् । अशुद्ध अवस्थामा रहेकी मानव कन्याको स्पर्सले नागकन्या तत्कालै पत्थरमा रुपान्तरण भएर त्यहीं अटल भइन् । नागिनीको यात्रा तत्काल त्यहीँ टुंगीयो ।  पछि थाहा भयो, त्यो त बादिउचरमा बसोबास गर्ने नागराजाकी कन्या नागकन्या धिमा गतिमा सर्दै सर्दै रातभरीमा त्यहाँ आइपुगेकी पो रहिछन् । संयोग त्यसैबेला भाले बासिदिएछ । भाले बासेर पनि बाँकी थोरै रात बाँकि रहन्छ । उज्यालो हुनु पहिलेसम्म घस्रिंदा नदिमा पुग्न भ्याइन्छ र तामाकोशीमा डुबुल्कि मार्दै गन्तब्यमा पुग्ने इराधा बोकेकी नागकन्यालाई रिमरिम उज्याले नहुँदै मानव कन्याले भेटिन् । मानव कन्या मासिक धर्ममा पनि थिइन् । त्यस्तो समयलाई नाग, देवता, अक्ष, किन्नर र पितृहरूले अशुद्ध अवस्था मान्दछन् । 

मन्थली नगरको एउटा माध्यमिक विद्यालयको नाम नै नागकन्या मावि राखिएको छ । उक्त विशाल पत्थरको लाम्चिलो नागरुप पर्खालको घेरा भित्र सुरक्षित गरेर राखिएको छ । नित्य नैमित्तिक पूजा हुन्छ । जो हवाई मैदान र माविको नजिकमा छ । भनिन्छ वादी चउर र गडुवारी स्थित नागस्थानका विचको भूभाग नागको चलखेल गर्ने क्षेत्र हो । नागको बाटो अवरोध भयो भने, नागराजा रिसाएर हानी नोक्सानी हुने स्थानीय जन विस्वास छ ।

 पाैडेल रामेछाप निर्वाचन क्षाेत्र नं १ बाट निर्वाचित पूर्व सांसद हुन्  । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर