• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

 पैसा बचत गर्न बच्चालाई कसरी सिकाउने ? 

काठमाडौं । परीक्षा सकिएपछि पछिल्लो समय बच्चाहरुलाई बिदाको समयमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा धेरै अभिभावकहरुलाई चासो र चिन्ता बढ्न थालेको छ । बिदामा बच्चाहरुबाट अधिक पैसाको खर्च समेत हुनेगर्छ । यस्तो अवस्थामा बच्चाहरुलाई पैसा जोगाउन कसरी सिकाउने रु भन्ने बारेमा समेत धेरैलाई चासो हुनसक्छ ।

भनिन्छ, बाल्यकालमा बसेको बानी नै हामीहरुको जीवनको अन्तिमसम्म धेरैहदसम्म चलिरहन्छ । त्यसैले पनि बच्चाहरुलाई सानै उमेरदेखि बचत तर्फ आकर्षित गर्नु राम्रो हुन्छ । सानै उमेरदेखि पैसा बचत गर्न सिकेका मान्छेलाई ठूलो भएपछि पनि कम्तिमा पैसाको व्यवस्थापनमा समस्या हुने गर्दैन । किनकि उसलाई सही स्थानमा बचत गर्ने र खर्च गर्नेबारेमा स्पष्ट जानकारी हुनेगर्छ । त्यसोभए बच्चाहरुलाई पैसा जोगाउन कसरी सिकाउने त ?


‘खुत्रुके बैंक’ को महत्वबारे बताउने

बच्चाहरुको नाममा अभिभावकहरुले नै बचत गरिदिने चलन धेरैको देखिन्छ । यस्तो गर्दा बच्चाहरुलाई पैसाको बारेमा केहीपनि जानकारी हुँदैन । त्यसैले बच्चाहरुलाई नै आवश्यक पैसाहरु दिनु राम्रो हुन्छ । बरु त्यसपछि बच्चाहरुलाई खुत्रुकेमा किन पैसा राख्ने रु खुत्रुकेमा पैसा राख्दा आफ्नै हुन्छ भन्ने ग्यारेन्टी पनि दिन सकिन्छ ।

त्यस्तै, खुत्रुकेको महत्वको बारेमा पनि जानकारी दिन सकिन्छ । बच्चालाई प्रत्येक महिना पैसा दिनुराम्रो हुन्छ । त्यही रकमको केही भाग आफ्नो खुत्रुके बैंकमा राख्नु राम्रो हुन्छ । यस्तो गर्दा बिस्तारै बच्चाहरु बचतप्रति सन्तुष्ट मात्र हुँदैनन् । यसले बचतको गुणस्तर र बचत गर्ने शैलीको बारेमा बच्चाहरुलाई सिक्ने मौका समेत प्रदान गर्छ ।

बैंकमा बचत गर्ने बानीको विकास गराउने

बैंकमा बचत गर्ने बानी सिकाउँदा एकातर्फ यो सुरक्षित माध्यम हो भनेर पनि उनीहरुले बुझेका हुन्छन् भने बैंकले यस्तो बचतमा ब्याज पनि दिने हुँदा यसले समेत बच्चाहरुलाई बचत तर्फ प्रोत्साहित गर्ने गर्छ ।

यदि बच्चाहरुले बैंकबाट सानो रकम मात्रै ब्याजको रुपमा पाए भने उनीहरुलाई त्यसले झनै प्रोत्साहित गर्नेगर्छ । सानो ब्याज रकम पनि बच्चाहरुको लागि ठूलो महत्वको कुरा बन्नेगर्छ ।

किनमेलको क्रममा बचत गराउने शैली

बिदाको बेलामा बच्चाहरुलाई सामान किनमेल गर्न लैजाँदा पनि उनीहरुलाई बचत गर्न सिकाउन सकिन्छ । कुनै पनि सामानको सूची बनाउँदा यसको लागि बजेट पनि निश्चित गर्ने गरिन्छ । बच्चाहरुको लागि कति रुपैयाँसम्म खर्च गर्ने र अरुको लागि कति रुपैयाँ खर्च गर्ने रु भन्ने कुरा पहिले नै यकीन भएको हुन्छ ।

यस्तो अवस्थामा आफूलाई मनपरेको कुरा नभई उसलाई आवश्यक पैसाको सीमा तोकेर सामान आफैंले किनेर सबै आवश्यकता पूरा गर्नको लागि भनेर पैसा दिन सकिन्छ । त्यस्तो अवस्थामा बच्चाले चातुर्यता पूर्वक आफ्नो आवश्यकता समेत पूरा हुने गरी तोकिएको पैसामा सामान किन्ने गर्छ । यसले गर्दा उसले किनमेलको क्रममा समेत खर्च व्यवस्थापनको कला सिक्ने गर्छ ।

पैसाको सीमा तोक्नुहोस्

बच्चाको अगाडि किनमेलको क्रममा पैसाको सीमा तोक्नुहोस् । उदाहरणका लागि यदि बच्चालाई एउटा खेलौनाको आवश्यकता छ । उसलाई भन्न सकिन्छ कि उसले त्यो सामान लिन सकिन्छ । तर, उसले यसका लागि आफैंले खरिद गर्नुपर्छ ।

जब बच्चाले यसको सबै प्रक्रिया र आवश्यकताको बारेमा बुझ्ने गर्छ । त्यसपछि बच्चालाई पैसाको व्यवस्थापन गर्दै आफूलाई मन लागेको खेलौंना प्राप्त गर्ने चुनौती हुन्छ । जसले ऊ आफूले चाहेको सबै खेलौनाहरु समेत नपाउँदा समेत निराश हुने छैन ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर