• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

सेलिब्रिटीका बच्चा गर्भमा बोक्दा...

सरोगेसी भनिने भाडाको कोखबाट बच्चालाई जन्म दिने सेलिब्रिटीहरूको बढ्दो सूचीमा गत साता अमेरिकी सञ्चारकर्मी र व्यवसायी पेरिस हिल्टन पनि थपिइन्। हामीले आफ्नो कोख भाडामा दिनेहरूको कुरा निकै कम मात्रै सुन्न पाउँछौँ। तर शन्ना सेन्ट क्लेयरले यस्तो काम गज्जब वा डरलाग्दो के हुन्छरु भनेर बताएकी छिन्।

काठमाडाैं । यो समाचारमा उल्लेख गरिएका सेलिब्रिटीहरूको गोप्यता सुरक्षित गर्न उनीहरूको नाम परिवर्तन गरिएको छ।

शन्नाको फोनमा बत्ती बल्छ। त्यो फोन क्याथरिनले गरेकी हुन्छिन्।

जहाँसम्म शन्नालाई सम्झना छ क्याथरिनले हेलोसम्म पनि नभनी कुरा सुरु गर्छिन्स् “सुन त्यो कुरा तिमीले समाचारबाट थाहा पाउनुअघि नै म भन्न चाहन्छु। मैले अर्को पनि सरोगेट प्रयोग गरेकी थिएँ र उनले भर्खरै बच्चा जन्माएकी छिन्।”

आफूलाई सम्हाल्न शन्ना थचक्क बसिन्। क्याथरिनको बच्चा उनको कोखमा आएको केही साता मात्रै भएको थियो। क्याथरिनको आफू मात्र एक्लो सरोगेट नभएको उनले त्यही बेला मात्रै थाहा पाएकी थिइन्।

तर अब क्याथरिनले सन्नाको पेटमा भएको बच्चा पनि चाहन्छिन् तरु उनको मनमा कुरा खेल्यो।

त्यसको भोलिपल्टका लागि तय भएको नियमित जाँचपछि छलफल गर्ने वाचा गर्दै उनले संवाद टुङ्ग्याइन्।
त्यसको केही घण्टापछि शन्नाले क्याथरिनलाई सन्देश पठाइन्।

“समाचार सुनेर मलाई अचम्म लागे पनि तिम्रोलागि म खुसी छु। बच्चा भएकोमा खुसी मनाउनु। मेरो जाँचपछि कुरा गरौँला,” उनले लेखिन्।

क्याथरिनले उनको सन्देशको जवाफ दिइनन्। उनले भोलिपल्ट पनि कल गरिनन्। 
त्यसको केही घण्टापछि शन्नाले क्याथरिनलाई सन्देश पठाइन्।

उनी गर्भवती हुन निकै पटक प्रयास गर्नुपर्‍यो। तर जब उनले बच्चालाई जन्म दिइन् जेनिफर र मार्कले उनको हात समाएर आँसु झार्दै उनलाई धन्यवाद दिए। त्यसको केही महिनामा जेनिफरले नै क्याथरिनलाई चिनाइदिएकी थिइन्।

क्याथरिन निकै चर्चित परिवारकी थिइन् र लामो समयदेखि आफैँ बच्चा पाउन प्रयास पनि गरिरहेकी थिइन्।

क्याथरिनले खर्च बचाउन सरोगेसी एजेन्सीमा नगई आफैँ वकिल खोजेर सम्झौता गर्ने प्रस्ताव गरिन्। यसअघि जेनिफरसँगै मानसिक अवस्थाको परीक्षणमा पनि पार पाइसकेको कारण देखाउँदै उनलाई त्यो पनि नगर्न भनियो तेस्रो पटकको अनुरोधमा उनले यो पनि मानिन्।

गर्भमा अण्डा प्रत्यारोपणका लागि पहिलो पटक क्लिनिकमा गएको बेला क्याथरिन पनि पुगेकी थिइन। उनले शरीर ढाक्ने लामो कोट लगाएकी थिइन् र उनले अङ्गालो हाल्न खोज्दा पछि हटेपछि शन्नालाई उनी अलि फरक स्वभावको भएको भन्ने लाग्यो।

आफ्ना चालकसँग शन्नालाई होटेलमा छोड्न अह्राउँदै उनी छिट्टै त्यहाँबाट बाहिरिइन्।

पहिलो प्रयासमा गर्भ रहेन। दोस्रो प्रयासअघि क्याथरिनले शन्ना र उनका श्रीमान्‌लाई बेलुकाको खाना खान निम्ता गरिन्। क्याथरिनले उनलाई निजी विमान र विशेष फर्निचरहरूबारे सुनाइन्। शन्नालाई उनीहरूबीच केही कुरा पनि नमिल्ने जस्तो महसुस मात्रै भएन उनलाई निकै अप्ठ्यारो लाग्यो।

दोस्रो दिन क्लिनिकमा क्याथरिनले कुनै एउटा चक्कीको बोतल समातिरहेको देखेकी थिइन्। शन्ना निराश भएकै कारण अघिल्लो पटकको गर्भधारण प्रयास पनि सफल हुन नसकेको क्याथरिनको अनुमान थियो। उनले शन्नालाई एउटा चक्की दिइन् तर शन्नाले त्यो लिन मानिनन्।

क्याथरिनले निकै कर गरेपछि शन्नाले उक्त चक्की मुखमा राखिन्। तर यस पटक पनि उनी गर्भवती भइनन्।

तेस्रो पटक उनीहरू क्लिनिकमा भेट हुँदा क्याथरिन उनकी आमासँग नयाँ घरको नमुनाबारे फोनमै व्यस्त थिइन्। यो पटक शन्नाको गर्भ रह्यो।

तर त्यसअघिको प्रयास गरिएको एक जना सरोगेटको गर्भ खेर गएको कुरा सुनाउँदै क्याथरिनले आफू उत्साहित नभएको कुरा गरिन्।

त्यसमा क्याथरिनले सरोगेट आमालाई नै दोष दिएकी थिइन्। 

अर्को सरोगेटबाट भर्खरै बच्चा जन्मिएको खबर क्याथरिनले सुनाएपछि शन्नालाई निकै चोट पुगेको थियो। त्यसपछि उनी चुप लागेकी थिइन्।

क्याथरिनले अझै पनि बच्चा चाहेकी छन् वा छैनन् भन्ने थाहा नभए पनि शन्नाले नियमित जाँच जारी राखिन्।

तर त्यसको चार हप्तापछि उनको शरीरमा आवश्यक एक तत्त्वको कमीले गर्भ गएको उनलाई थाहा भयो।

शन्नाले क्याथरिनलाई फोन गरिन् तर नउठेपछि सन्देश पठाएर दुखको खबर पठाइन्।

क्याथरिनले छिट्टै फोन गर्ने जवाफ पठाए पनि कैयौँ सातासम्म उनको फोन आएन।

आफूले पाउनुपर्ने पैसाका लागि शन्नाले फेरि सन्देश पठाइन्।

तर क्याथरिनले आफूहरूको सम्बन्ध सकिएको र आफ्नो बच्चाको जन्मलाई लिएर शन्नाले देखाएको चिसोपना प्रति आफू स्तब्ध भएको जवाफ लेखिन्।

उनलाई बिलहरू पठाउन भनियो।

त्यसपछि उनीहरूको कहिल्यै कुरा भएन।

त्यसको १० महिनापछि शन्नाकी आमाले क्याथरिनलाई टीभीमा देखिन्। उनले सरोगेट आमाहरूबारे निकै अपमानजनक टिप्पणी गरिरहेकी थिइन्। यो सुनेर शन्नाका आँखाबाट आँसु झरे।

क्यालिफोर्नियामा विशिष्ट व्यक्तिहरूका लागि सरोगेसी एजेन्सी चलाउँदै आएकी आरिया सिम्युएल सरोगेसीबारे सेलिब्रिटीहरू पछिल्ला वर्षहरूमा खुल्न थाले पनि यो वर्षौँदेखि चलिरहेको बताउँछिन्।

उनी र उनकी व्यावसायिक साझेदार दुवै जना आफू पनि सरोगेट्स भइसकेका छन् जसले उनीहरूलाई यसका चुनौती बुझ्न अझै सजिलो बनाइदिएको छ।

“आफ्ना सहयोगीहरूसहित आउने उच्च पदस्थ व्यक्तिहरू सरोगेटका लागि डरलाग्दो हुन्छन्,” उनी सुनाउँछिन्।

राम्रा एजेन्सीहरूले सरोगेट आमालाई पनि सहज भए नभएको बुझ्ने र आवश्यक पर्दा उनको पक्षबाट पैरवी गरिदिने समेत गर्ने उनले बताइन्।

तर कतिपय सरोगेटहरूले पनि आफ्नो हद पार गरेका उदाहरणहरू उनले सुनाइन्। बच्चाका जैविक आमाबाबुसँग रियालिटी टीभी शो वा चलचित्रका लागि प्रस्ताव लिएर जानेजस्ता काम पनि कतिपयले गरेको उनले भेटेकी छिन्।

क्याथरिनसँग नमिठो अनुभव खेपेकी शन्नालाई त्यसको चार वर्षपछि अघिल्लो सरोगेसी एजेन्सीले उनी अर्को जोडीसँग भेट्न इच्छुक रहे वा नरहेकोबारे सोध्यो। उनले इच्छा देखाएपछि उनीहरूबीच भेट भयो र यो जोडी उनलाई मन पर्‍यो।

शन्नाले यो पटक जुम्ल्याहा बच्चालाई जन्म दिइन्।

दुई वटा राम्रा र एउटा खराब सरोगेसी अनुभव लिएकी शन्ना हिजोआज एउटा सैलुन चलाउँछिन्। उनकोमा कपाल काट्न आउने कतिपय ग्राहकहरूसँग पनि सेलिब्रिटी, सन्तान उत्पादन र परिवारबारे गफ हुन्छ।

“म हरेक हप्ता बच्चाका लागि प्रयास गरिरहेका, भर्खरै बच्चा भएका, बच्चा गुमाएका, बच्चा नै नभएका, बच्चा नै नचाहने र सम्भव भएसम्मका उपाय लगाएर बच्चा जन्माउन चाहने मानिसहरूसँग कुरा गरिरहेकी हुन्छु,” शन्नाले सुनाइन्।

विश्वमा सरोगेसीबारे फरक फरक नियम छन्। युक्रेन, कोलम्बिया, मेक्सिको र रुसले व्यावसायिक सरोगेसीलाई अनुमति दिएका छन्। तर गैर आवासीय मानिसहरूका लागि नेपालसहित भारत, मेक्सिको, क्याम्बोडिया र थाइल्याण्डमा सरोगेसी प्रतिबन्धित छ।

यो समाचारमा उल्लेखित जैविक आमाबाबुका नाम परिवर्तित हुन्। –बीबीसीबाट

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर