मौद्रिक नीतिको मध्यावधी समिक्षाकालागि चेम्बर अफ कमर्सले दियो सुझाव 

काठमाडौं । मौद्रिक नीतिको मध्यावधी समिक्षाकालागि नेपाल चेम्बर अफ कमर्सको राष्ट्र बैंकलाई सुझाव दिएको छ । मौद्रिक नीतिको मध्यावधी समिक्षाका लागि चेम्बर अफ कमर्सले विभिन्न नौ बुँदे सुझाव दिएको हो । 
 चेम्बरले आर्थिक वृद्धि र ब्याजदर, चालुपुँजि कर्जा, ब्याजदर, प्रिमियम, बैंकदर, बेस रेट लगायतका विषयमा सुझाव दिएको हो ।  यसैगरी रेमिट्यान्स प्रर्वद्धन, मुल्याङकन र अनौपचारिक क्षेत्रमा रहेको पुँजि सम्वन्धमा सुझाव दिएको छ ।
कमर्सले दिएका सुझावः  
१. आर्थिक वृद्धि र ब्याजदर सम्वन्धमाः दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्न एकल अंकको ब्याजदर कायम गरिनुपर्ने ।

२.चालुपुँजि कर्जा सम्वन्धमाः चालु पुँजि कर्जा सम्वन्धमा साना ठूला दुवैखाले व्यवसायीलाई समान आधारमा ४० % पुर्याई उद्योग व्यवसाय क्षेत्रको आवश्यक्ता अनुसार उपयोग गर्न पाउनुपर्ने ।

३. ब्याजदर सम्वन्धमाः विसं २०७९ पुस भित्रमा सावाँ र ब्याज तिर्न नसक्ने ऋणीहरुका लागि विसं २०८० असाढ मसान्त सम्म म्याद थप गरि पुर्नतालिकीकरण गरिनुपर्ने ।

४. प्रिमियम सम्वन्धमाः बेस रेटमा लिने प्रिमियम हाल ०.५% देखि ६ % सम्म रहेको छ । सो असमान व्यवस्था हटाई अधिकतम २ % सम्म मात्रै बेस रेटमा प्रिमियम कायम गरिनुपर्ने ।

५. बंैकदर सम्वन्धमाः वित्तिय स्थायीत्वका लागि बैंकदरलाई ५ % कायम गरिनुपर्ने । 

६. बेस रेट सम्वनधमाः अर्थतन्त्रका नकारात्मक सूचकहरुलाई सुधार गर्न एवं महङ्गी वृद्धि नहुनेगरि बेस रेट कायम हुनुपर्ने ।

७. रेमिट्यान्स प्रर्वद्धन सम्वन्धमाः  रेमिट्यान्सलाई बैङिकङ च्यानलबाट मात्रै आउने वातावरण बनाउन आर्कषक प्याकेज ल्याइनुपर्ने ।

८.मुल्याङकन सम्वन्धमाः आयात निर्यात हुने बस्तुको मुल्याङकन सम्वन्धी विश्लेषण बैङिकङ क्षेत्रको दायराबाट हटाईनुपर्ने ।

९. अनौपचारिक क्षेत्रमा रहेको पुँजि सम्वन्धमाः अनौपचारिक अर्थतन्त्रमा रहेको पुँजिलाई बैंङिकङ प्रणालीमा ल्याउन विशेष नीति अवलम्बन गरि अर्थतन्त्रलाई चलायमान बनाईनुपर्ने ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर