• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रियल मड्रिडले घटायो बार्सिलोनासँगको अंक दूरी 

काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ। 

बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराउँदै बार्सिलोनासँगको अंक दूरी ५ अंकमा पु¥याएको हो। 

शीर्ष स्थानको बार्सिलोनाको १९ खेलबाट ५० र समान खेलबाट दोस्रो स्थानको रियलको ४५ अंक छ। तेस्रो स्थानमा रहेको रियल सोसिडाडको ३९ अंक छ। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो। 

खेलको ५२औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै ब्राजिलियन फरवर्ड भिनिसियस जुनियरले अग्रता दोब्बर पारे।


खेलको ७२औँ मिनेटमा भ्यालेन्सिया १० खेलाडीमा सीमिति बनेको थियो। भिनिसियसलाई खराब ट्याकल गरेपछि गाव्रियल पोलिस्टाले सिधै रातो कार्ड खाँदै मैदान छाडे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर