• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

भ्यालेन्सियामाथि रियलको सहज जित 

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन मार्को एसेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे । रियलले पहिलो हाफको इन्जुरी समयमा नै अग्रता बनाउने मौका पाएको थियो । तर, रुडिगरले गरेको गोललाई भीएआरले मान्यता दिएन ।

पहिलो हाफको इन्जुरी समयमा रियलका रुडिगरले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई मान्यता दिएन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा गोल गर्न सफल भयो । खेलको ५२ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई अग्रता दिलाए ।

खेलको ५४ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जित पक्का गरे । भ्यालेन्सिया खेलको ७२ औं मिनेटमा १० खेलाडीमा समेटियो । गाब्रिअल पाउलिस्टाले रातो कार्ड पाएर मैदान बाहिरिय ।

जितसँगै रियलले रियलले १९ खेलमा ४५ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको ५० अंक छ । पराजित भ्यालेन्सिया २० अंक जोडेर १४ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर