• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

पाकिस्तानमा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार राति १८ जना यात्रुको ज्यान गएको यहाँको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार खैबर पाक्थुन्क्वा प्रान्तको कोहत जिल्लाअन्तर्गत इन्डस राजमार्गमा एक आपासमा दुई ओटा सवारी साधन ठोक्किन पुगेका थिए ।सवारी ठोक्किँदा जिपमा रहेका यात्रुको ज्यान गएको बताइएको छ । विपरित तर्फबाट आएको एक सवारीले सो जिपलाई ठक्कर दिएको थियो ।

सो प्रान्तका सडकहरुमा सडक दुर्घटना बढी मात्रामा हुने गर्दछ । यहाँका सडकको अवस्था एवं सवारी चालकहरुको बेपर्वाहका कारण यस्ता दुर्घटनाहरु हुने गरेको बताइन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर