• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ठेकेदारको लापरबाही र स्थानीयको बिवाद, सिन्धुपाल्चोकको जुगलमा अस्पताल निर्माणको काम अलपत्र 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगलमा गाउँपालिका स्तरीय अस्पताल बनाउने काम रोकिएको छ । एक वर्षसम्म पनि स्थानीयबीच कुरा नमिल्दा निर्माणको काम अलपत्र भएको हो ।

बरम्ची र चनौटेका स्थानीयबीचको विवादले अस्पताल निर्माणको काम रोकिएको मात्र  छैन, निर्माण सामग्रीसमेत अलपत्र भएका छन् । अस्पताल निर्माणका लागि ल्याएका रड, सिमेन्टलगायतका सामान अलपत्र मात्र हैन कतिपय समान त चोरी भइसकेको स्थानीयले बताउँछन् ।  विवादका कारण काम रोकिएको एक वर्ष भइसक्दा पनि  १५ शय्याको गाँउपालिका स्तरीय अस्पताल बन्ने सुरसार अझै भएको छैन । अस्पताल नहुँदा रुघाखोकी, झाडापखाला र ज्वरोको औषधिसमेत बिरामीले पाउन सकेका छैनन् । 

भौगोलिक हिसाबले जिल्लाकै कमजोर र विकट ठाउँ रहेकाले  सदरमुकाम र अन्य ठाँउको अस्पतालमा पुग्नै मुस्किल पर्ने गरेको स्थानीइ ज्ञानु पौडेलको भनाइ छ  । अझ तेम्बाथान, थुम्बा तेगाका स्थानीय बिरामी भएमा स्थानीयले हेलिकोप्टर नै चार्टर गर्नुपर्ने बाध्यता रहेकाे उनले बताइन् ।

ठेकेलदारका कारण आफुहरुले अकालमा ज्यान गुमाउन बाध्य हसनु पर्ने अवस्था आएको स्थानीय कुमारी पौडेलको भनाइ छ । हरेक विकासका काममा ठेकेदारहरुले यस्तै लथालिङ्ग बनाउने र जनतालाई हैरानी दिने गरेको उनले बताइन् । 

अस्पताल समयमा बनेको खण्डमा गाउँका गरिबहरुले गाउँमै उपचार पाउने तथा समय र खर्चको समेत बचत हुने स्थानीय तिल प्रसाद पौडेलले बताए । गाउँबाट अन्य स्थानका अस्पताल जाँद समेत उपचारमा लाग््न खर्च एम्कबुलेन्समै सकिने उनको भनाइ छ । 

अस्पताल निर्माणको जिम्मा पाएको महादेव खिम्ती अन्जाना ताक्सार जेभी काठमाडौं विवादपछि निर्माण स्थालमा पुगेको छैन् । नत स्थानीय सरकारले अस्पालत निर्माणको लागि ठेकेदार कम्पनीलाई दबाब नै दिनसकेको छ । ठेकेदारले समयमा काम नगर्दा स्थानीय बिरामी हुँदा खाडीचौर तथा धुलीखेल सम्म जानको लागि बाध्य हुन परेको गाउँपालिका अध्यक्ष रेशम स्याङम्बोले बताए । कतिपय अवस्थामा त गाउँपालिकाबाट हेलीकप्टर चार्टरगरेर समेत बिरामी लैजानु परेको उनको भनाइ छ । 

लामो समय बितिसक्दा विवाद समाधान नहुँदा राज्यको लगानी खेर मात्र गएको छैन, अस्पताल बन्न समेत ढिला भएको छ । वैशाखदेखि स्थानीय तहका जनप्रतिनिधि पनि फेरिए पनि अघिल्लो सरकारले सुरु गरेको कामसमेत सकिएको छैन । पुरानोले गरेको काममा नयाँ आएका जनप्रतिनिधिले वास्ता नगर्दा समेत कतिपय स्थानमा यस्ता समस्या स्थानीयले भोग्नु परेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर