• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

कुनै दल दर्ता खारेजको माग गर्ने अधिकार अर्को व्यक्तिलाई छैनः निर्वाचन आयोग 

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुन बमोजिम टुंगो लगाउने बताएका छन् ।

रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले निर्वाचन आयोगमा निवेदन दिएका थिए । सोही सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल दर्ता खारेजीको विषय रहेकाले त्यसलाई कानुन बमोजिम टुंग्याउनुपर्ने बताएका हुन् । 


राजनीतिक दल दर्ता सम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नदिएको समेत थपलियाको भनाइ छ । 

राजनीतिक दल दर्ता सम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्दा यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार नरहेको र यदि त्यस्तो भए  पार्टी खारेज गरिपाउँ भनेर अर्को पार्टीको नेताले निवेदन दिएर हिँड्थे होला  त्यसकारण त्यस्तो परिकल्पना नगरीएको उनले बताए । 

त्यस्तो परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उनको भनाइ छ । तर पनि आयोगमा परेका निवेदनलाई कानुन अनुसार समयमै निरुपण गर्ने प्रतिबद्धता उनले जनाए ।

विगतमा ४१ वटा दल खारेज गरेको उदाहरण दिंदै उनले भने, ‘त्यसका निश्चित क्राइटेरिया थिए । त्यो क्राइटेरियाभित्र रहेर आयोगले स्पष्टीकरण सोधेर त्यो कुरालाई अगाडि बढाउने कुरा निवेदन गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर