• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

ओखलढुंगाको मानेभञ्ज्याङमा आगलागी हुँदा लाखौंको क्षती

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङको राघवपुरमा आगलागी भएको छ । विहिबार साँझ मानेभञ्ज्याङ गाउँपालिका–८ राघवपुरमा दुई घरमा आगलागी भएको हो ।

स्थानिय हर्कबहादुर राईको गाई गोठ बाट सल्केको आँगाले उनको दुई तले घर र छिमेकी टेकबहादुर राईको फुसको छानो भएको ढुङ्गा माटोले बनेको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देबेन्द्र दासले बताए ।

घरमा रहेको नगद ३० हजार सहित सुनचाँदी, अन्नपात, लत्ताकपडा र भाडाकुडा जल्दा करिब १४ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक दासको भनाई छ । 

मानेभञ्ज्याङ प्रहरी चौकीे र अरिदमन गण ओखलढुंगाबाट खटिएको सुरक्षाकर्मी साथै स्थानियले आगो नियन्त्रण गरेका थिए । आगलागीको कारण बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर