• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

सोलुखुम्बु । अत्याधिक रक्तश्रावका कारण सोलुखुम्बुमा एक सुत्केरीको मृत्यु भएको छ ।  सोताङ गाउँपालिका ५ की ३० वर्षीया गंगा बस्नेतको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

अस्पतालका निमित्त प्रमुख सानी शेर्पाका अनुसार विहिबार सोताङ प्राथमिक अस्पतालमै अप्रेशन मार्फत छोरालाई जन्म दिएकी बस्नेतको रक्तश्राव नरोकिएपछि राती नै जिल्ला अस्पताल फाप्लु ल्याइदै गर्दा उनको बाटैमा ज्यान गएको हो ।

‘ओ’ नेगेटिभ रगत आवश्यक परेको सुत्केरीलाई सोताङमा उक्त रक्त समुहको रगत नभेटिएपछि जिल्ला अस्पताल फाप्लु रेफर गरेको थियो । एम्बुलेन्स मार्फत राती नै सोताङबाट फाप्लु्का पठाइएको बस्नेतको निरन्तर रक्तश्राव भएपछि बाटैमा ज्यान गएको प्रमुख शेर्पाले बताईन् ।

समयमा रगत दिन सकेको भए सुत्केरीको ज्यान बचाउन सकिने जिल्ला अस्पताल फाप्लुले जनाएको छ । शिशुको अवस्था भने अहिले सामन्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर