फागुन ९ गते दशरथ रंगशालामा बलिउड कलाकारको लाइभ कन्सर्ट

काठमाडौं । भारतका चर्चित कलाकारले दशरथ रंगशालामा लाइभ कन्सर्ट गर्ने भएका छन्। फागुन ९ गते काठमाडौँको दशरथ रंगशालामा आयोजना हुने सांगीतिक कार्यक्रम ‘नेभरल्याण्ड कन्सर्ट’मा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुती दिनेछन्।

शुक्रबार होटल मेरियडमा एक कार्यक्रमबीच आयोजक आइ लाइभ नेपालले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो।

कार्यक्रममा आइ लाइभ नेपालका प्रवक्ता रविन्द्र कार्कीले ‘नेभरल्याण्ड कन्सर्ट’ संगीतिक प्रेमीका लागि अकल्पनिय होस् र छुट्टै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको बताए।

‘नेभरल्याण्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ। रोड टु नेभरल्याण्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरी नेपाली गायक नविन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीका सिक्किमका र्यापर युएण्डबी क्बल प्लाटिनममा प्रस्तुत हुनेछन्।

ग्ल्याबो लोसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्याण्ड कन्सर्ट’ आयोजकका अनुसार कार्यक्रममा भब्य र सब्य हुनेछ। जसको सुरक्षाका लागि ३०० बाउन्सर खटिनेछन्। ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिनेछ।

कार्यक्रममा प्रस्तुत हुन लागेका किङ भारतीय र्यापर, गीत लेखक तथा गायक हुन् । पछिल्लो समय युवा–पुस्तामाझ निकै लोकप्रिय उनको नयाँ नजरिया, मान मेरी जान निकै हिट छन् । स्टेज नाम डिभाइन भनेर चिनिने भिभियन विल्सन फर्नान्डेज पनि भारतीय र्यापर हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर