• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

एमबाप्पेको दुई गोलसँगै  फ्रान्सको सानदार जित

कामठाडौं । कप्तान केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि विश्व उपविजेता फ्रान्सले युरो छनोटमा सानदार जित दर्ता गरेको छ ।


घरेलु मैदानमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४–० को सानदार जित रचेको हो । उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले समान एक गोल गरे ।

पार्क डेस प्रिन्सेसमा शुक्रबार राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै ग्रिजमनको गोलबाट अग्रता लिन सफल भएको थियो । उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।

आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सले सहज जिततर्फ अघि बढाए । उनले ओरेलिएन चुआमेनीको पासमा गोल गर्न सफल भए ।

चौथो गोलको लागि फ्रान्सले खेलको अन्तिम समय नै कुर्नुपर्यो । ८८औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सको सानदार जित पक्का गराए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले गोल गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

यस जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । नेदरल्यान्ड्स अंकविहीन छ । यही समूहको अर्काे खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर