बिप्लव नेकपा दोलखाका नेता, कार्यकर्ता माओवादीमा समाहित
दोलखा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरेका दोलखाका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा समाहित भएका छन् ।
नेकपा माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् ।
नेकपा माओवादी केन्द्र दोलखा जिल्ला समन्वय समिति र कम्युनिष्टहरुको एकता धुर्बिकरण समितिको पुर्नमिलन कार्यक्रममा विप्लप नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एबम् दोलखा सेक्रेटरी सहित एक दर्जन बढी नेता तथा कार्यकर्ता माओवादीमा समाहित भएका हुन् ।
पुर्नमिलन कार्यक्रम मार्फत माओवादीमा समाहित हुनेहरुमा नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् जिल्ला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवँ केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एबम् राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवँ तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपाली लगायत रहेका छन् ।
माओवादी केन्द्रमा समाहित भएका नेकपाका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज विशाल खड्का, नेताहरु शंकर लामा, नरबहादुर पाख्रिन, कुलबहादुर बुढाथोकी, जिल्ला अध्यक्ष कमल श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका थिए ।
पुर्नमिलन कार्यक्रममा बोल्दै नेता अर्जुन योगीले माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउन आफुहरु माओवादी केन्द्रमा समाहित भएको बताए ।
माओवादी शक्तिहरुबीच एकताको आवश्यकता औँल्याउँदै उहाँले पालिका र गाउँस्तरमा समेत पुर्नमिलन कार्यक्रमको आयोजना गर्ने बताए । पुर्नमिलन कार्यक्रम मार्फत् माओवादी केन्द्रमा समाहित भएका नेताहरु यसअघि पनि माओवादी पार्टीमा सक्रिय थिए ।
पार्टी विभाजन पछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा लागेका उनीहरु वर्षौँ पछि माओवादी केन्द्रमा समाहित भएका हुन् ।
प्रतिकृया दिनुहोस