एकै दिन कांग्रेस, जसपा र नेसपाका दर्जन बढी नेता माओवादी प्रवेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा मंगलबार एकैदिन तीन ठूला नेता प्रवेश गरेका छन् ।
सरकारमा रहेकाे दल नेपाली कांग्रेस, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र बाबुराम भट्टराई नेतृत्वकाे नेसपाका नेताहरू पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । जसपा कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे।
ललितपुर खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा आज बिहान आयोजित कार्यक्रममा प्रचण्डले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए।
‘समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने। अन्य पार्टीबाट हुने प्रवेश र समायोजनले पार्टीमा थप ऊर्जा र उत्साह प्रदान गर्ने विश्वास पनि उनले व्यक्त गरे। माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै उनले पार्टीमा समायोजन हुन आउने सबैलाई उचित जिम्मेवारी दिइनेसमेत बताए।
उता कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटनका क्रममा बाबुराम भट्टराइ नेतृत्वकाे नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापा माओवादीमा प्रवेश गरे । उनीसँगै नेसपाका १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरूलाइ पनि अध्यक्ष प्रचण्डसहितका नेताहरूले स्वागत गरे ।
साेही कार्यक्रमका दाैरान नेपाली कांग्रेस स्याङ्जा फेदिखोला गाउँपालिकाका नेता लालबहादुर अधिकारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । याे जिल्ला नेपाली कांग्रेसकाे बलियाे पकड भएकाे जिल्ला हाे ।
मंगलबार आफ्नो निवास खुमलटारमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा आउनेजति विभिन्न समूह, व्यक्ति र पार्टीसँग एकताको पहल भइरहेको समेत बताए थिए।
‘तपाईंहरुले सुन्नु भयो होला केही दिनअघि दुईटा पार्टीसँग हाम्रो एकता, समायोजन पनि भयो,’ प्रचण्डले भने, ‘अहिले अरु पार्टीसँग पनि एकता र समायोजनको निम्ति छलफल चलेको छ। विप्लवले नेतृत्व गरेको पार्टीसँग, माधव नेपालले एकता गरेको पार्टीसँग पनि हाम्रो मोर्चा त बनेकै छ। पार्टी एकताबारे पनि छलफल चलिरहेको छ। त्यो मोर्चामा रहेको महेन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी त छिट्टै एकतामा आउँदैछ।’
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेक्रविक्र चन्द्र र माधव नेपालले नेतृत्व गरेको पार्टीसँग एकताका लागि छलफल चलिरहेको बताएका छन्।
उनले थपे, ‘अस्ति शेरबहादुर देउवा, केपी ओली र म बसेको बेलामा उहाँलाई लिएर गएको उहाँले सबैका अगाडि म अब छिट्टै माओवादीमा समायोजित हुँदैछु भनेर त्यही घोषणा गर्नुभयो। सबैको अगाडि। त्यसकारण यो क्रम मधेसतिर पनि, पहाडतिर पनि चलेको छ।’
उनले धेरै समूह र पार्टीसँग एकता गरेर देशको पहिलो पार्टी बनाउने लक्ष्य आफूहरुको रहेको समेत बताए।
‘एकतामा आउन सक्ने, पार्टीमा समायोजित हुनसक्ने समूह, पार्टी, व्यक्ति सबैलाई एकतावद्ध गर्ने र आउने दिनमा यो पार्टीलाई पहिला जसरी देशको एक नम्बर पार्टी बनेको थियो,’ प्रचण्डले भने, ‘त्यो बच्न सेकन। अब अहिले फेरि एक नम्बर पार्टी बनाउने र जनताले खोजेको जस्तो सुशासन, समृद्धि र सामाजिक न्याय दिने र समाजवादको यात्रा तय गर्ने भनेर हामी लागेका छौँ।’
प्रतिकृया दिनुहोस