• २०८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025

आजको मौसमः काेशी, मधेश र गण्डकीमा वर्षा र बाढीको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुन सक्रीय छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार, साउन ३) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिनमा: कोशसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/ हिमपातको सम्भावना छ।

आज रातमा: देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशका धेरै स्थान, मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ।

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर