साफ यू-२० महिला च्याम्पियनसिप: भुटानकाे सामना गर्दै नेपाल

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दैछ।
शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजेदेखि सुरू हुनेछ। जारी प्रतियोगितामा नेपालले भुटानसँग दोस्रो खेल खेल्न लागेको हो।पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोलले हराएको थियो।
आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ। दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।
आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३-२ गोलले हारेको थियो। नेपालले आजको खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ। त्यस खेलमा नेपाल बंगलादेशसँग बदला लिने लक्षमा हुनेछ ।
नेपालले ४ खेलबाट ९ अंक बटुलेको छ । ३ खेलबाट घरेलु बंगलादेशको ९ अंक छ ।
लिग चरणका खेल सकिएसँगै सर्वाधिक अंकसहित शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ। नेपाली टिमले उपाधि जित्नका लागि बंगलादेशविरूद्दकाे खेल राम्राे अन्तरमा जिन्तुपर्ने बाध्यता छ ।
प्रतिकृया दिनुहोस