• २०८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025

दोस्रो दिन एमाले पोलिटब्युरोः सचिवालयको निर्णय सच्याउला ?

काठमाडौं । सत्तारुढ नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिलो गरी सुरु भएको हो । हिजोबाट सुरु भएको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।

आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनबारे नेताहरूले धारणा राख्ने क्रम चलिरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । हिजोको बैठकमा आठ जना सदस्यले आफ्नो धारणा राखेका थिए ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल चलिरहेको छ । बाँकीले आज धारणा राखिरहेका छन् ।

सदस्यहरुले ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थामाथि बहस गरिरहेका छन् । यो बैठक सकिए लगत्तै यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ । यो बैठकले विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ । अहिले एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रियता बढाएपछि उमेर हद र दुई कार्यकालको व्यवस्था बहसमा आएको छ । तर, सचिवालय बैठकले यो दुवै व्यवस्था हटाएर केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर