• २०८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025

फर्ममा फर्किदै ५ गोल हान्यो मायामीले, मेसीको २ गोल

काठमाडौं । अमेरिकन सकर लिगमा पछिल्लो एक खेल गुमाएको लियोनल मेसीको टिम इन्टर मायामी पुरानै फर्ममा फर्किएको छ ।

आज विहान सम्पन्न न्यूयोर्क रेडबुल्स विरुद्धको खेलमा मायामीले ५–१ गोलको जित निकालेको हो । 

सुरुवाती १५औं मिनेटमा गोल खाएर पछि परेको अवस्था उल्टयाउँदै मायामीले आक्रमक कमब्याक गरेर फराकिलो जित निकालेको हो । 

मायामीको जितमा कप्तान लियोनल मेसीले २ गोल र एक असिस्ट गरे । टेलास्को सेगोभियाले २ तथा जोर्डी अल्बाले एक गोल गरे । 

यो सहज जितसँगै मायामी २१ खेलबाट ४१ अंक जोडेको छ । २४ खेल खेलेको नास्भिल्ले ४७ अंकसहित शीर्ष स्थानमा छ भने फिलाडेल्फिया, सिन्सीनेटी र कोलम्बर क्रु क्रमस दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

उनीहरुले पनि समान २४ खेल खेलेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर