• २०८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025

शेखरको दौडधुपः आफ्नै गुटका सांसदहरुसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले आफू निकटका सांसदहरूसँग छलफल गरेका छन्। कोइरालाले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आफू निकटका सांसदहरूसँग छलफल गरेका हुन्।

सांसद हृदयराम थानीका अनुसार कोइरालाले पछिल्लो समय विकसित राजनीतिक परिवेशका बारेमा छलफल गर्नका लागि बैठक डाकेका हुन्, जुन अहिले जारी छ।

त्यसो त कांग्रेससमेत सहभागी सरकारको आलोचना गरिरहेका कोइरालाले पछिल्लो समय पार्टी बाहिरका नेताहरूसमेत भेटिरहेका छन्। उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र पूर्वराष्ट्रपति एवम् सत्तासीन दल नेकपा (एमाले) की नेता विद्यादेवी भण्डारीसँग संवाद गरिसकेका छन्।

यसपछि के चर्चा चलेको छ भने कोइरालाकै सक्रियतामा मुख्यत: प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विरुद्धमा मोर्चाबन्दी हुँदैछ।

यही पृष्ठभूमिमा शेखरले आफू निकटका सांसदहरूसँग छलफल गरेका छन्। कतिपयले के पनि भनेका छन् भने कांग्रेसको संस्थापनइतर पक्षका सांसदहरू कोइरालालाई संसदीय दलको नेता बनाउन लागिपरेका छन्। 

यस्तो बेलामा कोइरालाले आफू निकटका सांसदहरूसँग गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर