विद्या–ओली वार्ताः विद्याकाे बाटो खोलिदेलान ओलीले ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।
दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो । सक्रिय राजनीतिमा फर्कने घोषणापछि ओलीसँग विद्या भण्डारीको यो पहिलो भेटवार्ता हो । एमालेमा पूर्व राष्ट्रपतिले सक्रिय राजनीतिको घोषणा गरेको विषयले नयाँ बहस निम्त्याएको छ ।
अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता नवीकरण नभएको बताएका थिए । एमालेमा ओली–विद्या गुट सुरु भएको समेत आंकलन गरिएको लगायतका अवस्थाका बीच दुई जनामा वान टु वान वार्तालाई चासो र अर्थपूर्ण रुपमा हेरिएको छ ।
भण्डारी च्यासल पुग्दा उनलाई उपाध्यक्ष सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयमा सचिव डा. भीष्म अधिकारीले स्वागत गरेका थिए ।
भण्डारी च्यासल पुगेको आधा घण्टापछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि च्यासल पुगेका छन् । ओली च्यासल पुगेसँगै दुई नेताबिच छलफल सुरु भएको छ ।
२०७२ साल कार्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन भने दोस्रो कार्यकाल समेत गरेर उनी २०७९ फागुन अन्तिमसम्म शीतलनिवासमा बसेकी थिइन् ।
एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाएर भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने प्रयत्न भएको भन्दै भण्डारी पक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।
अध्यक्ष अेालीले भण्डारीलाइ राजनीतिमा सक्रिय हुने बाटाे खाेल्छन् वा बन्द गरिदिन्छन् भन्ने प्रतिक्षाकाे विषय बनेकाे छ । उनले ७० वर्षे उमेरहद र दुइ कार्यकाल भन्दा धेरै नेतृत्व गर्न पाउने विकल्प खुला गरेर अापफ्नाे भने बाटाे साेझ्याइसकेका छन् ।
प्रतिकृया दिनुहोस