आठ दिनपछि सैनिक ब्यारेकबाट बाहिरिए ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार छोडेर भागेको ८ दिन पछि सैनिक ब्यारेकबाट सामान्य जीवनमा फर्किएका छन् ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि उनलाई नेपाली सेनाले सुरक्षा दिएर ब्यारेकमा राखेको थियो । स्रोतका अनुसार उनी आज सेनाको ब्यारेकबाट फर्किएका हुन् ।
ओली महेश बस्नेतको एरिया गुण्डुतिर डेरा सरेको बताइएको छ ।
गुण्डुमा उनका निम्ति एउटा घर भाडामा लिएको बताइएको छ । अध्यक्ष ओलीको बालकोटस्थिति निवास भने जेन–जी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ । गत भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएका ओली त्यसयता सैनिक ब्यारेकमा बस्दै आएका थिए ।
‘अध्यक्षज्यू आज सेनाको व्यारेकबाट बाहिर आउनु भएको छ,'स्रोतले भन्यो ।
संविधान दिवसको पूर्वसन्ध्यामा अध्यक्ष ओली नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका हुन्।
यसबारे एमालेले औपचारिक रूपमा जानकारी दिएको छैन स्रोतले भन्यो ।
प्रतिकृया दिनुहोस