• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

एनआरएनए पोर्चुगलको क्षेत्रीय समन्वय परिषद अल्गार्भको अध्यक्षमा अनिल शर्मा विजयी

समिर सुवेदी/लिस्वोन । हालै सम्पन्न गैर–आवासीय नेपाली संघ पोर्चुगलको क्षेत्रीय समन्वय परिषद ‘अल्गार्भ’को निर्वाचन आइतबार सम्पन्न भएको छ । निवार्चनमा कडा प्रतिस्पर्धाबीच अध्यक्ष पदमा अनिल शर्मा विजयी भएका छन् । 

शर्माले उनकन निकटतम प्रतिद्वन्दी निरन्जन सेढाई भन्दा २५ मतको झिनो अन्तरले विजय हासिल गरेको हुन् । कुल ७ सय ४१ मतदाता संख्या रहेको यस क्षेत्रमा ६ सय १२ जनाले मतदान गरेका थिए । जसमा ११ मत बदर भएको थियो । 

विजयी शर्माले ३ सय १३ र सेढाई ले २ सय ८८ मत पाए । यस्तै सचिवमा सन्दिप अर्याल र कमल थापा क्रमश ४०४ र  ४२७ मत ल्याएर विजयी भएका छन्, भने अर्का प्रतिस्पर्धा अस्त मन द्वारे २०८ मत ल्याउदै पराजित भए । 

त्यसैगरी, उपाध्यक्षमा देवेन्द्र पुन , राम चन्द्र श्रेष्ठ , राजेश श्रेष्ठ, महासचिवमा केशव न्यौपाने, कोषाध्यक्षमा सन्जिप श्रेष्ठ र सदस्यहरुमा क्रमश कृष्ण प्रसाद अधिकारी , घनश्याम तिमिल्सिना , हेमा गुरुङ , बिनोद बुढाथोकी , मनिस राज थापा , नवीन खनाल , रेख राज गुरुङ निर्विरोध निर्वाचित भएका छन् । 

बिहानको ९ बजेबाट सुरु हुने भनिएको मतदान दिउसोको १२ः३० बजेसम्म पनि सुरु नभएपछि मतदाताहरु निरास र केहि आक्रोशित बनेका थिए । 

यसैबीच, केन्द्रीय स्तरले लापरवाही र हस्तक्षेप गरेको भन्दै फारोका निर्वाचन अधिकृत राजेन्द्र गिरिले पदबाट राजिनामा दिएका छन् । 

त्यस्तै, मोन्तेगोर्दो समाजले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ३० मिनेटभित्र केन्द्रबाट कुनै जानकारी नआए निर्वाचन बहिस्कार गर्ने भन्दै चेतावनी सहितको विज्ञप्ति नै सार्वजनिक गरेको थियो । 

उक्त बुथमा केन्द्रिय पदाधिकारीले निर्वाचन समितीलाई खलल पुग्ने खालको वातावरण उत्पन्न गरेको, एनआरएनए पोर्चुगल केन्द्रले पठाएको निर्वाचन समिति संयोजकको मात्र नाम र हस्ताक्षर भएको तर स्थानीय मतदान अधिकृत निर्वाचन समिति सदस्य० को नाम र हस्ताक्षर गर्ने स्थान पनि मतपत्रमा नबनाईएको भन्दै २ पटकसम्म माहोल तनावपूर्ण बनेको थियो ।

स्थानीय निकायबाट सहमती प्रयास गर्दा , यातायातको असुविधा तथा बुथको दुरीले मतदानमा केहि ढिला हुन पुगे पनि हस्तक्षेप जस्तो  कार्यमा केन्द्रको कुनै संलग्नता नरहेको र पुर्ण रुपमा केन्द्रबाट सहयोग भइरहेको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर