• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बाेल्ड प्रियंका कार्की

काठमाडाैं । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री तथा मोडलको रुपमा चर्चामा आएको नाम हो प्रियंका कार्की ।चलचित्र क्षेत्रमा आएसँगै प्रियंका विभिन्न कारणले सधैं चर्चामा रहिन् । पहिले कार्कीलाई युवापुस्ताका दर्शक तथा चलचित्र क्षेत्रकै मानिसले पनि सेक्स सिम्बोलका रूपमा हेरे । 

सानैदेखि अभिनयमा रुचि राख्ने कार्कीले केही समय संचार क्षेत्रमा समेत आफ्नो समय खर्चिएकी छिन् ।  सिने नगरीमा प्रवेश गरेदेखि नै उनी निकै व्यस्त छिन् । अहिले उनको हातमा थुप्रै चलचित्र छन् । सेक्सी लुक, आकर्षक नृत्य तथा कामप्रति जिम्मेवार भएकै कारण उनले फुर्सदमा बस्नुपरेको छैन । 

दुई दशकअघि चलचित्र ‘महादेवी’मा बालकलाकारका रूपमा क्यामेरा फेस गरेकी थिन भने अहिले उनलेदजनौ चलचित्रमा काम गरिसकेकी छन् ।भने सयौँ म्युजिक भिडियोमा आफनो कला देखाइसकेकी छन् ।  उनी हाल आयुषमान देशराज जोशीसंग  इन्गेजड छिन् ।

 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर