• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

 एक महिलाले एक महिनामा तीन सन्तान जन्माइन् 

एजेन्सी । बंगलादेशमा भएको एक घटनाले चिकित्सा जगत र त्यहाँको सर्वसाधरणलाई अचम्ममा पारेको छ । 

एक २० वर्षीया महिलाले पहिलो बच्चा जन्मिएको २६ दिनपछि जुम्ल्याहा बच्चाको जन्म दिएकी छिन् । अगाडिको बच्चा जन्मिँदा चिकित्सकलाई अर्को जुम्ल्याहा बच्चा पनि छन् भन्ने पत्तो पाएका थिएनन् । 

आरिफ सुल्ताना नामकी यी महिलाले शल्यक्रियाबाट अर्को जुम्ल्याहा बच्चाको जन्म दिएकी छिन् । हाल, आमा र तीन वटै बच्चाको अवस्था राम्रो रहेको बिबीसीले जनाएको छ । 

आरिफ सल्तानाको पहिलो बच्चा नर्मल डेलिभेरीबाट भएको थियो । यद्यपी, सो बच्चा समयभन्दा अगाडी नै जन्मिएको थियो । 

चिकित्सकका अनुसार, यो निक्कै दुर्लभ घटना हो, किनकि यी महिलाभित्र दुई गर्भाशय छन् । यस्तो घटना यसअघि पहिलो पटक सन् २००६ मा भएको थियो ।

बेलायतकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी थिइन्, जसको भित्र पनि दुई गर्भाशय थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर