आँखामा पट्टी बाँधेर स्कुटर कुदाएको भिडियो भाइरल
काठमाडौं । एक बालिकाले आँखामा कालो पट्टी बाँधेर स्कुटर कुदाएको एक भिडियोसामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा भएकी यी बालिका भारको राजस्थानकी हुन् ।
१२ वर्षिय यी बालिकाले आँखामा कालो पट्टी बाँधेर पनि मज्जाले स्कुटर कुदाएपछि उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । उनको आँखामा धातुको पाता राखेर कालो कपाडाले बेरेर बाँधिएको थियो ।
उनले मज्जासँग स्कुटर चलाएकी थिइन् । उनको यो भिडियोले सामाजिक सञ्जालमा निकै राम्रो भिओर्स कमाएको छ ।
प्रतिकृया दिनुहोस