• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अमेरिकी अभिनेता आफ्नो चौथो विवाह भएको चार दिनपछि नै टुंग्याउन चाहान्छन् !

एजेन्सी । अमेरिकी अभिनेता, निर्देशक तथा फिल्म निर्माता निकोलस केजले लस भेगासमा विवाह गरेको ४ दिनपछि वैवाहिक जीवन टुग्याउने निर्णय लिएका छन् । 

अभिनेताले उनकी प्रेमिका एरिका कोइकेसँग विहे गरको जम्मा ४ दिनपछि गत बुधबार विवाह अघि बढ्न नसक्ने भन्दै अदालतमा निवदेन पेश गरेको सिएनएनको एक रिपोर्टले बताएको छ । 

केजले विवाह तत्कालै टुंग्याउनुको तीन कारण पनि निवेदनमा बताएको एक अंग्रेजी खबारले जनाएको छ । रिपोर्टअनुसार, उनले पहिलो कारण, विवाह समारोहका समयमा आफू मादक पदार्थ सेवन गरेर होस नभएको अवस्थामा भएको, दाश्रो, विवाहअघि उनकी प्रेमिकाले आफूँसँगको प्रेम सम्बन्धबारे कसैलाई पनि नबताएको र तेश्रोमा प्रेमिका कोइकेको आपराधिक इतिहास रहेको बताएका छन् ।

५५ वर्षीय अभिनेता केज र उनी प्रेमिकाले विवाह दर्ता गरी गएको १६ मार्चमा विवाह गरेका थिए । केजको यो चौथो विवाह हो । 

अभिनेता केजले पहिलो विवाह सन् १९९५ मा प्याट्रिका अर्क्युटीसँग गरेका थिए, जुन २००१ सम्म चलेको थियो । त्यसपछि, उनले लिजा मोरी प्रेस्लेसँग विवाह गरे, जुन चार महिना चलेको थियो र सन् २००४ मा एलिस किमसँग गरे । 

एलिस र केजको एक छोरा छ, तर उनीहरुबीच पनि सन् २०१६ मा सम्बन्ध विच्छेद भएको थियो । केजको अर्को एक छोरा पनि छ, जो उनकी पूर्वप्रेमिका क्रिस्टिन फुलटोनबाट जन्मिएका थिए । 

ओस्कार पुरस्कार विजेता निकोलस केजले ‘भ्याल्ली गर्ल’, ‘बर्डी’, ‘पेग्गी सुई गट म्यारिड’जस्ता फिल्ममा अभिनय गरेका छन् । हालै मात्रै उनले फिल्म ‘स्पाइडर म्यानः इन्टु द स्पाइडर भर्स’मा स्पाइडर म्यान नोरको भूमिकामा देखिएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर