• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पुतलीको झुसले आँखाको ज्योती गुम्न सक्छः आँखा रोग विशेषज्ञ डा.इलिया श्रेष्ठ

अन्तर्वार्ता

गर्मी सुरु भएसँगै आँखासम्बन्धी विभिन्न रोग देखा पर्छन् । गर्मीमा धूलो, धूवाँ बढी उड्ने भएकाले आँखासँग सम्बन्धित रोग अझ बढी देखा पर्नुका साथै धूवाँ, धूलोका कारण आँखामा समेत कसिङ्गर पर्ने, किरा पर्ने हुन सक्छ । आँखाको एलर्जी, आँखा पाक्ने जस्ता रोग लाग्न सक्छन् । आँखा रोगबाट बच्न चस्माले राम्रो भूमिका खेल्न सक्छ । अहिले बजारमा फेसन अनुसार थुप्रै चस्मा पाइन्छन् । आवयकता भन्दा पनि मानिसले फेसनकै लागि पनि चस्मा लगाउने गर्दछन् । गर्मीमा आँखाको समस्या र आँखा जोगाउने विषयमा सहकर्मी उमा आलेमगरले हिमालय आँखा अस्पताल पोखराका आँखा रोग विशेषज्ञ डा.इलिया श्रेष्ठसँग गरेको कुराकानी

गर्मीमा आँखामा कस्ता समस्या देखिन्छन् ।
गर्मी मौसममा आँखा सम्बन्धि थुप्रै समस्या आउँछन् । यो मौसममा प्रायः आँखाको एलर्जी देखा पर्छन् । विशेष गरी बच्चालाई यो समस्याले सताउने गर्छन् । उनीहरु खेल्ने उमेरका भएकाले खेल्ने क्रममा धुलो आँखामा जाने र संक्रमण हुने हुन्छ । गर्मी मौसममा आँखा खेल्न पाक्ने रोग पनि बढ्दै जान्छ । विशेष गरेर गर्मी छल्नका लागि पौडी खेल्न स्विमिङ पुल वा खोलामा जाँदा त्यहाँ भएको फोहोर पानीले पनि आँखाको एलर्जी र आँखा पाक्ने रोग लाग्न सक्छ । यो रोग एकबाट अर्कोमा सर्न पनि सक्छ । अनि धुलो, धुवाँबाट आँखा चिलाउने, सुख्खा हुने हुन्छ । गर्मीको समयमा पुलतीहरु बाक्लो मात्रामा देखिने भएकाले ती पुतलीको झुस आँखामा परेमा आँखाको ज्योती नै गुम्न सक्छ ।

यदी कसैको आँखा रातो भएको छ भने चिकित्सको सल्लाहविना हचुवाको भरमा औषधी प्रयोग गर्न हुदैँन । त्यो साधारण औषधीले निको हुदैँन । आँखा रातो भएमा वा कुनै समस्या आएमा तुरुन्तै आँखा विशेषज्ञको सल्लाह लिन जरुरी हुन्छ । कतिपय दाजुभाइ तथा  दिदीबहिनी आँखा पाकेमा सञ्चो हुन्छ भनेर अस्पताल जादैनन् । तर आँखाको उपचारमा ढिलो गर्नु हुदैन । आँखा पाकेमा अस्पतालमा गएर आँखा पाकेकै हो भनेर सुनिश्चित गरेर मात्र औषधीको प्रयोग गर्नुपर्छ ।

जोसुकैले चश्मा लगाउने प्रचलन बढेको छ । आँखाको सुरक्षामा कस्तो चस्मा उपयुक्त हुन्छ ?
गर्मी मौसममा बच्चाका लागि कालो चस्मा लगाउनु पर्दैन । बच्चाको आँखा कमजोर भएर चस्मा लगाउन परेको छ भनेर चस्मा चस्मा लगाइदिनुपर्छ । त्यसका लागि मौसम कुर्नुपर्दैन । जुन समयमा पनि लगाइदिदा हुन्छ । बच्चालाई सानैदेखि चस्मा लगाउन हुदैँन भन्ने जुन सोच छ त्यो त्याग्नुपर्छ । आँखा जोगाउने र भविष्यमा कुनै समस्या नआओस् भन्ने लाग्छ भने सानै उमेरदेखि चस्मा प्रयोग गर्नुपर्छ । बच्चाको हेर्ने शक्ति कमजोर छ, चस्मा नलगाइकन उसले देख्दैन भने चस्मा लगाइदिन आवश्यक छ । बच्चा जन्मेको ३ महिनादेखि नै चस्मा लगाइदिन सकिन्छ र आवश्यकता हो भने लगाइदिनै पर्छ । 
चस्मा लगाएर बच्चाको आँखा कमजोर होइन, झन् राम्रो हुन्छ । बच्चाको आँखा कमजोर छ भने कम्तीमा १० वर्षसम्म चस्मा लगाइदिनुपर्छ । त्यसपछि नलगाइदिए पनि हुन्छ । किनभने बच्चाको सानै उमेरदेखि आँखाको नसाको विकास हुन्छ । चस्मा लगाइदिनपर्ने बच्चालाई पनि चस्मा लगाइदिएन भने त्यो नसाको विकास नहुन सक्छ । 
८ देखि १० वर्षको उमेरपछि भने नसाको विकास हुने क्रम बन्द हुने भएकाले चस्मा नलगाए पनि केही फरक पर्दैन । चस्मा लगाइदिनुपर्ने बच्चा जसको आँखाको हेर्न सक्न् क्षमता कमजोर छ उसलाई चस्मा लगाइदियो भने उसको आँखाको नसा बन्दै जान्छ र उसले देखेको दिमागमा सेट हुदैँ जान्छ र देख्ने हुन्छ । हामीले स्कूल स्कुलमा आँखा सम्बन्धी सचेतना फैलाउने कार्यक्रम गरिरहेका छौँ । बच्चा स्कूल जानु अघि नै आँखाको चुकअप अनिवार्य गराउन आवश्यक छ ।
एउटाघा आँखाले राम्ररी देखेको छ भने अर्को आँखाले नदेखेको भन्न सक्दैन । बच्चाले नभनेपछि अभिभावकले पनि अस्पताल लादैनन् । एउटा आँखामात्र नदेख्ने बच्चाले अर्को आँखाको प्रयोग न्र गर्दैन । जसका कारण अर्को आँखा झन् झन् कमजोर हुदैँ जान्छ । अनि आँखाको नानी विकास हुन पाउदैन र त्यो नसा विकास नभएपछि त्यो बच्चाले जीवनभर देख्न सक्दैन । १० वर्ष उमेर पार गरिसकेपछि चस्मा लगाइदिए पनि बच्चाले देख्न सक्दैन । त्यसैले कम्तिमा वर्षमा एकचोटि बच्चालाई आँखा अस्पताल लगेर चेकअप गराउनु पर्छ । बच्चाले चस्मा लगाउन नमान्न सक्छ तर बाबुामाले चस्मा लगाउन प्रेरित गर्नुपर्छ ।

ठुला उमेरकाले कस्तो चस्मा लगाउनुपर्छ ?

    ठूलो उमेरका लागि भने गर्मीमा सन प्रोटेक्सन चस्मा प्रयोग गर्न सकिन्छ । यदी चस्मा पावरवाला छ भने पनि घाममा चस्मा कालो बनाउन मिल्छ । यदी चस्मा लगाउनैपर्ने हुन्छ ? पावरवाला लगाउनुपर्ने छ भने पनि अहिले युबी प्रोटेक्सन खालको चस्माहरु आएको छ, त्यो लगाउन सकिन्छ । चस्मा लगाउन नपर्नेहरुले पनि चर्को घाममा सनग्लास, सनप्रोटेक्सन चस्मा लगाउन सक्छन् । त्यसले घामको किरणबाट हुने क्षतिबाट आँखालाई जोगाउँछ । यस्तै लगाउनुपर्छ भन्ने पनि हुदैन फेसन अनुसार पनि रोजेर चस्मा छनोट गर्न पनि सकिन्छ र लगाउन सकिन्छ । फेरि फेसनेवल चस्मा लगाउने भन्दा टाउको दुख्ने समस्या हुन सक्छ । त्यसैले फेसनेवल चस्मा लगाउँदा पनि पहिला आँखा चेकअप गरेर मात्र लगाउँदा राम्रो हुन्छ ।

गर्मीमा आँखाको सुरक्षा यसरी गरौँ 
— गर्मीको समयमा आँखालाई ढाक्ने खालाको चस्मा लगाउनुपर्छ । आँखालाई धूलो, धूवाँबाट बचाउन चस्माको साइज ठूलो भएको चस्मा लगाउनुपर्छ ।
—आँखालाई अल्ट्राभ्वाइलेट किरणबाट जोगाउने खालको चस्मा रोज्नुपर्दछ । अल्ट्राभ्वाइलेट किरण आँखामा सिधैँ पर्दा आँखालाई हानी पुग्छ ।
—ग्रहण लाग्दा पनि सिधैँ नाङ्गो आँखाले हेर्नु हुदैँन । किनभने ग्रहण लाग्दा घाम नलागे पनि नाङ्गो आँखाले हेर्दा आँखालाई असर गर्छ ।
—फेसनको रुपमा बजारमा आएको कालो वा अन्य चस्मा पनि लगाउने गरिन्छ, त्यसले आँखामा पर्ने अल्ट्राभ्वाइलेट किरणलाई ९० प्रतिशत रोक्दैन ।
—फेसनका लागि जस्तो चस्मा पनि लगाउँदा हुन्छ । यही वा यस्तै लगाउने भन्ने हुदैन । त्यो व्यक्तिको चाहना अनुसार फरक फरक हुन्छ ।
— फेसनका लागि लगाउने चस्माले अल्ट्राभ्वाइलेट किरण र धूलो, धूवाँ प्रदुषणलाई पनि रोेक्दैन ।
— बजारमा पाइने चस्मा मात्र फेसनको लागि हुन्छ, आँखाको सुरक्षाको लागि हुदैन ।
—आँखाको सुरक्षाका लागि ठूलो, आँखालाई पूरै ढाक्ने, अल्ट्राभ्वाइलेट किरणलाई रोक्ने, धुलो धुवाँबाट जोगाउने चस्मा नै छान्नुपर्छ ।
—चस्मा चिकित्सकको सल्लाह बमोजिम मात्र लगाउनुपर्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर