• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:35 am

यसरी मनाइयो टुँडिखेलमा घोडेजात्रा (फोटोफिचर)

काठमाडौं । घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।
    
नेपाली सेनाले घोडेजात्राका अवसरमा हरेक वर्ष सो स्थानमा अश्वकलाका विविध क्षेत्रलाई समावेश हुने गरी आकर्षक कला प्रदर्शनी कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । 
     
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँशीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।
    
सो अवसरमा राष्ट्रपति भण्डारीले घोडेजात्राअन्तर्गत भएका म्युजिकल राइड प्रतियोगितामा प्रथम भएका सहसेनानी राजेश श्रेष्ठ र द्धितीय स्थान प्राप्त गर्ने सहसेनानी अजयजङ्ग सुवेदीलाई पुरस्कार प्रदान गरिन् ।
    
यसैगरी उनले शो जम्पमा प्रथम र द्धितीय स्थान प्राप्त गर्ने क्रमशः ओमप्रसाद यादव र जगदिश घिसिङलाई पनि पुरस्कार प्रदान गरिन् ।  कार्यक्रममा तालीम प्राप्त कुकुरले प्राथमिक उपचार, कुहिने र नकुहिने फोहर सङ्कलनको गरेको दृश्य आकर्षक रहेको थियो । 
    
राष्ट्रपति भण्डारी कार्यक्रमस्थल आई पुग्नु हुँदा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय जनतामा रह्यो ।
 
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख नदिने जनविश्वास छ ।
 
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहिआएको छ ।

हेर्नुस तस्बिर

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गहना खोज्ने जात्रा : हरेक वर्ष खोजिन्छ तर कहिल्यै भेटिदैन ! (फोटोफिचर)

  • ७ बैशाख, २०७६

काठमाडौं । काठमाडौंमा कहिले के को जात्रा त कहिले के को जात्रा ? प्रायजसो विभिन्न समूदायका विभिन्न जात्रा तथा मेलाहरु काठमाडैं लगायत उपत्यकामा

पैदल यात्रामा जलजला : मनै लोभ्याउने प्रकृतिको सुन्दरता (फोटोफिचर)

  • ७ बैशाख, २०७६

रोल्पा । जलजला । प्रायः मान्छेहरुले सुनेको नाम हो । धेरैको मनस्पटलमा ‘जलजला’ शब्द सुन्नेबित्तिकै ‘माओवादी जनयुद्ध’ को १० वर्षको याद सुटुक्क

स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलोकन गर्नेको संख्या बढ्दै (फोटो फिचर)

  • ४ बैशाख, २०७६

पोखरा । स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । गुफाको एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन