• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

कथा : ऊ त साह्रै नै डराएछ

“ट्रिङ्ग – टिङ्ग” टेलीफोनको घण्टी बज्यो । मन्त्रीको सीधा टेलीफोनको घण्टी । 
“ हेलो” उसले रिसिभर उठायो । कतैबाट कसैले फोन गरेको रहेछ । खबर कस्तो थियो कुन्नी ’ मन्त्रीज्यूको अनुहार हान्ने गोरुको जस्तै बन्यो । 
“लोकतन्त्र रे ’ तपाईंलाई थाहा छ यसको अर्थ ? लेख्न पाइयो भन्दैमा जथाभावी लेख्ने ? हामीले देश विकासका लागि कहाँ गएर के गर्दैछौं भन्ने चैं खोजी गर्नु हुन्न । यी दुनियाँ थरिका थोत्रा रुन्चे रोदन चैं खोजी खोजी छाप्ने ?” घुम्ने कुर्सीमा ढल्किएको मन्त्री टेबुलतिर तनक्क तन्कियो ।
टेलीफोनमा आएको स्वरले के भन्यो कुन्नी ’ मन्त्रीज्यूको रिसको तापक्रम अझै मास्तिर उक्लियो । कागजपत्र र फाइलहरुमा तोक लगाउँन पक्डिएको कलम दह्रो मुठ्ठीका कारण पिटिक्क भाँच्चियो । 
“जुलुस निस्किएको थियो रे? चुप् लाग्नोस् । त्याहाँ जुलुस निस्किएकै थिएन । कसैले देखेको थिएँ भन्न नसकिरहेको बेला तपाईं चैं पत्रिकामा भँगेरे टाउके अक्षरमा लेख्नुहुन्छ ।” उसले क्रुद्ध भएर पनि गुनासो गर्यो । 
टेलीफोन गर्नेले फेरि केही भन्यो । उसले भनुन्जेल मन्त्रीले “अँ Ðअँ” मात्र गरि रह्यो । त्यसपछि त ऊ फेरि जंगियो “प्रजातन्त्र जगै देखि तन्दुरुस्त होस् भनेर ती विद्यार्थी ठिटाहरुलाई हाम्रो संरक्षणमा लिएका हौं । यसलाई अन्यथा नसोच्नु ।”
मन्त्रीज्यूको टेबुलकै ठिक अघिल्तिर रहेको सोफामा बसेका दुईजना आगन्तुकहरु चाहिं मुखामुख गरिरहेका थिए । उनीहरु घरी मन्त्रीको मुखमा र घरि तोक लगाइमाग्न मन्त्रीको टेबुलमै राखेको फाइलतिर पनि पालै पालो हेरिरहेका थिए । 
मन्त्रीज्यूले फोनको रिसिभर भ्mयाप्प राख्यो । 
“ऊफ ’” ती दुईजना आगन्तुकहरु तिर विरक्तिंदै हेर्यो उसले अनि दुबै हात्केलालाई आफ्नो अनुहारको माथिदेखि तलसम्म दलेर फेरि बोल्यो “गौतम बुद्धले कल्पिएको समाज निर्माण गर्न लागेको बेला भोका र नांगाहरुले समेत भिख माग्दा न्याउरो अनुहार बनाउँनु हुदैन । यी ठिटाहरु चैं .... । फेरि यी पत्रकार मोराहरु....।” यस्सो धारे हात पार्यो मन्त्रीले ।
ती दुईजना आगन्तुकहरु चाहिं मन नलागी नलागी मुसुमुसु हाँसे । मन्त्रीको मुड बिग्रिएको देखेर दुबैजना विलखबन्दमा परेका थिए । 
“काम बन्दैन जस्तो छ ।” एउटाले साउती गर्यो । अर्काले ओठ लेब्य्राउँदै  “कुन्नी” भन्ने संकेत गर्यो । 
“मन्त्रीज्यू ’ त्यो फाइलमा ...” एउटाले सुस्तरी सम्झाउँने प्रयत्न गर्यो । 
 “कलमै भाँच्चियो । के तोक लाउनु र ? भोलि आउनोस् एक फेर ।” अन्धविश्वासी चरित्र प्रदर्शन गर्दै भन्यो मन्त्रीले । त्यसपछि आप्mनो कुर्सीबाट जुरुक्क उठेर बाहिर तिर लाग्यो । 
मन्त्रीको निजी सचिव पछि पछि आउँदै “मन्त्रीज्यू ’ एउटा कुरा...” भन्दै थियो । 
“भरे..भरे... ।” उसले हात हल्लाउँदै सरासरी गाडीमा गएर चढ्यो । गाडिमा चढ्ने बेलामा उसको कानमा कतैबाट धेरै मान्छेहरुले एकसाथ नारा लगाईरहेको जस्तो आवाज ठोक्कियो । 
“ए भाइ ’ नारा जुलुस हुँदै छ कि क्या हो ? निषेधाज्ञा जारी गर्नु पर्ला जस्तो छ ।” मन्त्रीज्यूले भन्यो ।  
निजी सचिव छेऊमा आयो अनि कसैले नसुन्ने गरी सुस्तरी उत्तर दियो  “मन्त्रीज्यू ’ त्यो त परतिरको काठको फयाक्टÇीमा मजदुरहरुले रुखको मुढा उठाउँदा होस्टे हैंसे गरेको आवाज हो ।”
“प्रजातन्त्रको रक्षाका लागि ती मजदुरहरुलाई होस्टे हैंसे नगरी काम गर्न आदेश दिइहाल झट्टै । हामीलाई काम गर्न शान्ति चाहिन्छ ।” मन्त्रीले जुंगामा ताऊ लाउँदै भन्यो । 
निजी सचिवले पनि “हवस् मन्त्रीज्यू ।” भन्दै कार्यकक्षतिर दगुर्यो । 
मन्त्रालयको विहानीको कार्यालय प्रहर यसरी नै वित्यो । दिनभर जसो मन्त्रीज्यू कतै भाषण,कतै उद्घाटन कार्यक्रमतिरै व्यस्त भयो । 
बेलुकी चार बजेतिर ऊ फेरि कार्यालयमा आइपुग्यो । अहिले पनि उसको अनुहार हँसिलो थिएन । देशभर समस्याहरु व्याप्त रहेको बेला राजनैतिक दलहरु पनि पाखामा परेपछि समस्या झन् जटिल बन्न पुगेको थियो । यस्तो अवस्थामा जिम्मेवारी बहन गर्न पुग्नेहरुको अनुहार तनावग्रस्त र बेहँसिलो देखिनु अस्वभाविक पनि त थिएन । अझ अहिले भर्खरै घटेको घट्नाले त ऊ झनै क्रुद्ध बनेको थियो । 
“के हो ? तपाईंहरु मैले भाषण गर्ने स्थलमा त लापरबाह गर्नुहुन्छ । अरु तिर झन् के गर्नु होला र ? तरुनीहरुको नितम्ब हेर्दैमा फुर्सत हुन्न कि क्या हो ?” सरासरी आप्mनो कार्यकक्षमा पुगेर उसले टेलीफोनको रिसिभर उठायो अनि बोल्यो । कुनै प्रहरी प्रमुखलाई उसले हप्काउँदै थियो शायद । 
मन्त्री महोदय त्यसै जंगिएको थिएन । धेरै ठाउँहरुमा उद्घाटन् गर्ने र उपस्थिति जनाउँने कार्य गर्दागर्दै आखिरमा एउटा खुला उद्घाटन कार्यक्रममा उसले सम्बोधन गर्नु परेछ । सम्बोधन गर्दागर्दै प्रदर्शनकारीहरुले त्यहाँ कालो झण्डा देखाएछन् । मन्त्रीलाई कालो झण्डा देख्ने वित्तिकै झोंक चलिहालेछ । झोंक चलेको सुरमा उसले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रका धेरैलाई तथानाम भन्न पुगेछ । सम्बोधन सकिए पछि मन्चमा बसेका सहभागी अन्य वक्ताहरुले उसको मन्तव्यमा केही आपत्तिजनक शब्दहरु परेको भनी टिप्पणी गरेछन् । त्यसपछि पो ऊ झसंग भएछ । 
“मलाई यति आक्रमक पार्नेहरु यिनै अराजक तत्वहरु हुन् ।” उसले मनमनै आप्mनो विश्लेषण गर्यो । त्यसपछि हान्निएर आप्mनो कार्यालय पुगेको रहेछ  ऊ । 
टेलीफोनबाट हप्किदप्कि गरे पछि एकछिन कुर्सीमा ढलक्क ढल्किएर मन्त्रीज्यूले आँखा चिम्लियो । 
“मन्त्रीज्यू ’” निजी सचिवले छेऊमा आएर बोलायो । 
“ए ’ के छ ?” उसले सोध्यो । 
“तीन महिना अघि थुनामा परेकाहरु आज छुटे । अदालतले आदेश दिएपछि छोड्नै पर्यो अरे ।” निजी सचिवले कुरा अगाडि बढायो । 
“अदालतमा समेत अराजक तत्वहरुको भिंड छ । कहिले सफा गरिसक्ने होला त्यो भिंडलाई ।” मन्त्रीज्यूले कुर्सीमा आँखा चिम्लि चिम्लि गुनासो गर्यो । 
“मन्त्रीज्यू ’ एउटा हाँस उठ्दो काम भएछ । ती छुटेका मान्छेहरु सबैले लामो लामो  दाह्री कपाल पालेर अनि मैलो धैलो भएर घर पुगेछन् । घरमा पुगे पछि त कत्तिका स्वास्नीहरुले जोगी भन्ठानेर भिक्षा पो दिन तम्सेछन् ।” निजी सचिवले प्रसंग लम्ब्यायो । 
“हा हाÐ हा” एक्कासी आँखा खोलेर टेबुलमा हात ठोक्दै मन्त्री हाँस्यो । भित्रैदेखि घत् परेछ उसलाई । नत्र हत्तपत्त उसको अनुहारमा हाँसोको तील जत्ति पनि संकेत भेटिन्नथ्यो । 
“अनि ? के भएछ त्यसपछि ?” मुस्कान छाड्दै मन्त्रीले सोध्यो । 
“ठट्टा चल्यो रे निक्कै बेरसम्म । तर मन्त्रीज्यू ...” निजी सचिवको अनुहार अलिकति न्याउरो बन्यो । 
“के भो ?Õ जुँगा ठाडा पार्दै सोध्यो मन्त्रीले । 
“वर्तमान अवस्थालाई समाप्त नपारेसम्म कसैले पनि दाह्री र कपाल नकाट्ने भन्दैथे रे ।” निजी सचिवले कुरो प्रस्ट्यायो । 
मन्त्रीज्यूको अनुहार फेरि भुक्क फुल्यो । उसको अनुहारको चमक धुमिल हुँदै गयो अनि क्रोधयुक्त भाव देखिंदै आयो । 
“यस्तो पनि राजनीति हुन्छ ? छुल्याहा प्रवृत्ति ’” मन्त्री भुत्भुतायो । 
“कति जना रहेछन् तिनेरु ?” उसले फेरि सोध्यो । 
“तेह्र जना छन् ।” निजी सचिवले तथ्यांक तेस्र्यायो । 
“हुँ ’” उसले विचार गर्यो । अनि फेरि भन्यो “यी पत्रकार मोराहरुले हो स्थितिलाई भड्काउँने । यस्तो नाथे कुरालाई पनि खुब प्रचार प्रसार गर्छन् । पत्रकारहरु भनेकै बास्तवमा आतंककारीका मतियारहरु हुन् । नयाँ प्रेस कानून ल्याएर यिनीहरुलाई खोरमा नजाकी त म आरामै लिन्न ।”
त्यसपछि निजी सचिवलाई पुलुक्क एक पटक हेर्यो उसले अनि आदेश दियो “ती दाह्री कपाल पाल्नेहरुले भोलिसम्ममा काटेनन् भने सार्वजनिक अपराधको कुनै पनि मुद्दा लगाइदिन सम्बन्धित निकायलाई खबर गर्नु ।” 
“अनि मन्त्रीज्यू ’ ती मान्छेहरुको लहै लहैमा लागेर अरु उच्छ्रिंखल मान्छेहरु पनि दाह्री र कपाल पाल्न लाग्दैछन् रे ’” निजी सचिवले वेलीविस्तार लगायो । 
“उसो भए कसैले पनि लामो दाह्री र लामो कपाल पाल्न नपाइने भनी आदेश जारी गर्न भन ।” मन्त्रीले दायाँबायाँ केहि विचारै नगरी बोल्यो । 
निजी सचिव अलमल्ल परिरहेको बेला मन्त्रीले फेरि उसको अनुहारतिर हेर्यो अनि आदेश दियो “यी मानिसहरुले आप्mनो दाह्री पाल्ने अभियानलाई सबै कार्यकर्ता माझ पुर्याउँन सक्छन त्यसैले अहिले देखि नै मोबाइल र टेलिफोन बन्द गराइदिनु । प्रजातन्त्रका लागि यो त गर्नै पर्छ ।” 
“तर... मानव अधिकारवादीहरुले फेरि विरोध गर्छन कि ’” टाउको कन्याउँदै निजी सचिवले कुरा राख्यो । 
“तिमीलाई अझै थाहा छैन ? यी मानव अधिकारवादीहरु कसका मतियार हुन भन्ने कुरा? यी मानव अधिकारवादीहरु पनि प्रजातन्त्र फलोस फुलोस भन्ने चाहँदैनन् । चाहने भए हामीलाई आँखा चिम्लेर समर्थन गर्नु पथ्र्यो ।” मन्त्रीज्यूले निजी सचिवलाई फेरि प्रशिक्षण दिन थाल्यो ।  
मन्त्रीको आदेश सुनेर केही आश्चर्य अनि केही असामन्जस्य बन्दै हिंड्यो निजी सचिव त्यहाँबाट । 
बेलुकी भइसकेकाले मन्त्री पनि कार्यालयबाट निस्कियो । 
बेलुकी मन्त्री क्वार्टरमा भीषण भोजभत्तेर चल्यो । मन्त्रीकोमा भोज चल्नका लागि कुनै अवसर नै चाहिन्नथ्यो । जनताले तिरेको करबाट मोजमस्ति गर्न पाएको बेला त्यो अवसरलाई छाड्नु हुँदैन भन्ने चिन्तन थियो उसको । वरिष्ठ भनाउँदा मान्छेहरु भोजमा संलग्न थिए । भोज भएको कोठामा टेलीभिजन पनि खोलेरै राखिएको थियो । देश र विदेशका घट्ना पनि सुन्ने अनि भोजको आनन्द पनि लिने भनेर मन्त्रीकै आदेशमा त्यो टेलीभिजन त्यहाँ राखिएको थियो । 
“हुम्लामा खाद्यान्नको अभावमा पैंतीस जनाको भोकमरीबाट मृत्यु ।” टेलीभिजनको समाचारले फुक्यो । 
सोमरसले आँखा लाल लाल पारेका मान्छेहरु आप्mनै धुनमा लागि रहे । एकजना वरिष्ठ भन्नेले सोमरसको रम्रम् लागे तापनि मन्त्रीलाई समाचारतिर आकृष्ट गरायो । मन्त्री महोदय एक छिन् घोरियो अनि बोल्यो Õ च...च...च.. । विचराहरुको कर्म कस्तो अभागी हगि ?”
त्यसपछि त्यो वरिष्ठलाई ढाडमा थप्थपाउँदै फेरि भन्यो उसले Õ डन्ट टेक एनी टेन्सन । लेट्स फन् । यसबारेमा भोलि सोचौंला ।” खुट्टा लर्बराउँदे र बोली लट्पट्याउँदै ऊ अर्को तिर लाग्यो । 
त्यसैबेला मन्त्री क्वार्टरको निजी सचिवले टेलिफोनबाट एउटा खबर पायो । बडो हतासिंदै ऊ मन्त्रीको छेऊमा पुग्यो ।
“मन्त्रीज्यू ’ एउटा म्यासेज छ ।” उसले भन्यो ।
“बोल बेटा बोल । के म्यासेज छ ?” जिब्रो लट्पट्याउँदै मन्त्रीले सोध्यो । 
“भोलि नयाँ बानेश्वरमा विरोध स्वरुप सबैले कालो छाता ओढेर उभिने कार्यक्रम छ अरे ’” निजी सहायकले भन्यो । 
मन्त्रीज्यूको दिमागबाट सोमरसको नशा सर्लक्कै उत्रिए जस्तो भयो । जति विरोध बढ्यो , उति सत्ताच्युत हुनसक्ने सम्भव्यता बढ्ने भएकाले ऊ बढी त्रसित थियो । फेरि सत्ता टिकाउँने खरो मन्त्री भनेर पनि त ऊ चिनिएको हो नि । 
“हरे ’ यो के नौटंकी हो ।” उसले आप्mनै थाप्लामा हत्केलाले ठोक्यो । 
“लौ भोलिदेखि काठ्माण्डौ उपत्यकामा कालो छाता ओढ्न प्रतिबन्ध लगाइएको छ भन्ने वक्तव्य तु रेडियोबाट फुक्न लगाऊ । भोलिको पत्रिकामा छाप्ने गरी खबर पठाउने पत्र लेख । म तु हस्ताक्षर गरिहाल्छु । यी एफ एम रेडियोवालाहरुले यो समाचारलाई हाइलाइट नगर्लान । कडा आदेश दिनु । यी रेडियोवालाहरु सबै आतंककारीकै मतियार मात्र हुन् ।” अत्तालिंदै उसले भन्यो । 
त्यसपछि  भोजप्रतिको उसको लगाव टुट्यो । खुट्टा लरबराउँदै ऊ सयनकक्षतर्फ लाग्यो । मन्त्राणी मन्त्रीकै प्रतिक्षामा पलज्ञ्मा बसिरहेकी थिई । ऊ सरासरी पलज्ञ्तिर गयो अनि मन्त्राणीको काखमा टाउको राखेर सुत्यो । मन्त्राणीले पनि मन्त्रीको कपाल सुम्सुम्याउँन थाली । 
“म कदापी सफल हुन दिन्न । म दिन भरी कप्mर्यु लगाईदिन्छु । त्यो कार्यक्रम आतंककारी सहितको कार्यक्रम हो भनेर अन्तराष्ट्रिय जगतलाई भन्छु । म...म... कदापी.... ।” मन्त्रीज्यू एकै क्षणमा घुर्न थाल्यो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर