जनताको जलविद्युत : दोश्रो आयोजनाका सेयर निष्कासन हुँदै

ऊर्जामन्त्री पुनको १०० कित्ता सेयर बनाउने चाहना

काठमाडौं । वैशाख ६ गतेदेखि जनताको जलविद्युत अन्तर्गत दोस्रो आयोजनाको सेयर निष्कासन हुँदैछ । दोस्रो आयोजनाका रुपमा सान्जेन जलविद्युत आयोजना र रसुवागढी हाइड्रो पावरले सेयर निष्कासन गर्ने भएका हुन् । 

पहिलो आयोजनाका रुपमा माथिल्लो त्रिशुली थ्रि बीको सेयर निष्कासन गरी बाँडफाँड समेत भइसकेको छ । चैत ६ गते बाँडफाँड भएको त्रिशुली थ्रि बीको ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन २० कित्ता सेयर प्राप्त गरेका थिए । 

पहिलो आयोजनामा २० कित्ता सेयर प्राप्त गरेका मन्त्री पुनले दोस्रो आयोजनामा ८० कित्ता सेयर थप गर्ने रहरमा देखिएका छन् । जनताको जलविद्युत अन्तर्गत दोस्रो पटक सेयर निष्काशन गर्न लागेका सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर आयोजनाबाट ८० कित्ता सेयर थपेर १०० कित्ता जलविद्युतको सेयर बनाउने उनको रहर देखिन्छ ।

मंगलबार यी दुई आयोजनाको सेयर निष्काशन बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो रहर जाहेर गरेका हुन् । मन्त्री पुनले भने, 'अघिल्लो आयोजनामा १००० कित्ताका लागि आवेदन दिंदा २० कित्ता पर्यो ।'

उनले थपे, 'त्यसैले १०० कित्ता पुर्याउनु पर्नेछ । १००० कित्ता को आवेदन दिनु पर्ला नि ।' उनले आयोजना असाध्यै राम्रो भएकोले एक हजार कित्ताका लागि आवेदन दिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर