• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

के महिलाका लागि ‘सेक्स सिम्बोल’ हुन् नरेन्द्र मोदी ? 

‘मोदीले सबैलाई ठिक गरिदिन्छन्, किन नगर्ने हो बिहे ?’

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो ऊर्जा, ओजस्वी भाषण र नेतृत्व क्षमताका लागि चिनिन्छिन् । सन् २०१४ पछि सन् २०१९ को लोकसभा चुनावमा पनि आफ्नो नामलाई लिएर भोट माग्ने एकमात्र भारतीय नेता नरेन्द्र मादी हुन् । उनको सन्देश स्पष्ट हुन्छ, मतदाताको मत उसको सांसदलाई नभएर सीधा नरेन्द्र मोदीलाई जानेछ । जुन चुनाव सांसद चुन्नका लागि हुन्छ, नरेन्द्र मोदीले आफ्नो व्यक्तित्वको जादुले त्यसलाई प्रधानमन्त्री चुन्ने बनाईदिए । 

सन् २०१४ देखि नै यस प्रकारका चर्चा चलिरहेको छ, कि यदि मोदीले गधालाई उभ्याए भने पनि उनले जित्छन् । यूपी विधानसभा चुनावका दौरान पनि यस्तो वास्तमै भएको थियो, जसमा मतदातालाई उम्मेदवारका बारेमा थाहा थिएन, बस् भोट मोदीलाई दिनु थियो । यी मतदाताहरुमा खाली पुरुष मात्रै थिएनन्, महिलाहरु पनि थिए । 

अब प्रश्न उठ्छ – यति शक्तिशाली व्यक्ति महिलाको नजरमा कस्ता छन् ? 
हरियाणाको रेवाडीकी सुनिता मतदानको प्रश्नमा सीधा जवाफ दिन्छिन्, ‘भोट त मोदीलाई नै दिन्छु’ । उनीसँगै उभिएकी अर्की महिलाहरु पनि हाँस्दै यही भन्छन् । नरेन्द्र मोदीसँग विवाहको प्रश्नमा महिलाहरु हाँस्न थाल्छिन् । भन्छन् – ‘यो जन्ममा सम्भव कहाँ सम्भव छ ।’ यसमा एक महिला गम्भिर भएर भन्छिन् – ‘मोदीले सबैलाई ठिक गरिदिन्छन्, किन नगर्ने हो बिहे ?’

मोदीको ‘एंग्री स्ट्रङ म्यान’ छविबारे यी महिलाको भनाई छ – ‘मर्द यस्तै हुनुपर्छ । रिस त मर्दको शोभा हो, बस् सही कुरामा आउनु पर्यो । महिलाको जस्तो नरम स्वभाव भएका मर्द राम्रो लाग्दैनन् ।’ 

यद्यपि, नरेन्द्र मोदीको विवाहको मुद्दालाई लिएर निक्कै चर्चा भइरहन्छन् । जशोदाबेनको नाम यता–कता आइरहेको हुन्छ । तर, सुनिता र उनकी साथीहरु म्हिलाका लागि यो मुद्दा होइन । ‘यसमा के नराम्रो छ ? साथ निभाउन सकेकनन् र त अलग भए । कुटपीट त गरेनन् नि ? रक्सी–मदिरा त पिएनन् ? घरमा अर्को युवती त ल्याएनन् नि ?’, उनीहरु भन्छन् । 

महिलाहरुको यस जवाफलाई लिएर हरियाणाकी ‘मेन्स राइट्स एक्टिभिस्ट’ दीपिका नारायण भारद्धाज भन्छिन्, ‘नरेन्द्र मोदी अहिले सिंगल छन् । साथै उनको निक्कै पहिले भएको विवाहलाई लिएर अहिले प्रश्न उठाउनु उचित हुँदैन । कुनै पनि कारणले यो विवाह टुंगिनु नै थियो । महिलाले मोदीको बारेमा यस्तो सोच्नु प्राकृतिक हो ।’

मदिरा पिएनन्, कुटपिट गरेनन्, फेरी विवाहमा के समस्या ? 
बिहार सासारामकी कञ्चन मोदीसँग विवाहको प्रश्नमा हाँस्छिन् र भन्छिन्, ‘उमेर अन्तर धेरै छ । थोरै कम भएको भए कसले गर्दैन थियो विहे ?’ विहारको भोजपुरी बोलिने क्षेत्रमा पत्नीलाई उसको पतिको नामको पछाडी ‘बो’ लगाएर बोलाउँछन् । साथीहरु हाँस्दै कञ्चनलाई ‘नरेन्द्र मोदी बो’ भनेर जिस्काउन थाल्छन् । 

कञ्चन भन्छिन्, –‘यस्तो पति कसलाई राम्रो लाग्दैन, जो ठूला–ठूला व्यक्तिलाई धम्क्याएर कुरा गर्छन्, जो अपराधीहरुलाई मिनेटमै ठिक गर्छन् ।’ उनी आफ्नो गाउँको सरपञ्चको उदाहरण दिँदै भन्छिन्, यदि मोदी मेरो पति हुँदो हुन् त सरपञ्चले हाम्रो काम टाल्थे ? कञ्चनका अनुसार, मोदी प्रधानमन्त्री नभएर किसान पति भएको भए पनि सरपञ्चले काम टाल्न सक्दैनन थिए । उनीसँगै रहेका महिला यस कुरामा सहमत हुन्छन् । 

नरेन्द्र मोदीको विवाहलाई लिएर कञ्चनलाई पनि यही लाग्छ कि शान्तिले अलग हुनुमा केही नराम्रो छैन । ‘कुटपिट त गरेनन्, मदिरा त पिएनन् नि ।’ बिहारमा मदिरा एक समस्या नै बनेको थियो । बिहारमा मदिरा प्रतिबन्धपछि नीतीश कुमार(अर्का उम्मेदवार)लाई महिलाहरुले निक्कै भोट गरेको कञ्चन बताउँछिन् । 

यूपी आजमगढकी कविता भन्छिन्, भोट त अखिलेशलाई नै दिने हो । तर, नरेन्द्र मोदीको पनि प्रशंसा गर्छिन् । भन्छिन् – ‘उनी सँधै सफा–सुकिला देखिन्छन् । कुनै राजा जस्तै । हिड्ने तरिका पनि मर्दको जस्तै ।’ मोदीको विवाहको प्रश्नमा भन्छिन्, कमसेकम सम्बन्ध विच्छेद चाँहि गर्नुपर्थ्यो । तर, यो पनि भन्छिन् – कमसेकम मार–पीट(कुटपिट) त गरेनन् ।

बिहे वा क्याजुअल अफेयर ? 
थुप्रै महिला नरेन्द्र मोदीको शक्तिशाली व्यक्तित्वसँग प्रभावित भएको देखिए । उनीहरुको हिसाबले विवाह गर्नका लागि नरेन्द्र मोदीका यी गुण समान देखिन्छन्ः प्रभावशाली र आत्मविश्वासी, सफा कपडा लगाउनु, सबलाई ठिक गर्ने क्षमता, नराम्रो व्यक्ति विरुद्ध एक्सन लिने क्षमता, आफ्ना लागि लालच नभएको । 
तर, विवाहको हिसाबले नरेन्द्र मोदीको कुन गुणले समस्या उत्पन्न गर्छ ? भन्ने प्रश्नको पनि रोचक जवाफ पाइयो । जसमा, आवश्यकताभन्दा बढी व्यस्तता, पैसा जम्मा गर्न नजान्ने, कतिबेला छोडर जाने हुन् थाहा नहुने, क्रोधले पनि कहिलेकाही समस्या उत्पन्न गर्नसक्छ । 

संयुक्त परवारसँग जोडिएको यी महिलाहरुसँग ‘सेक्स पार्टनर’का बारेमा प्रश्न गर्न सकिँदैन, किनकि जवाफ आउँदैन उनीहरुबाट । विवाशको माध्यमबाट नै सोध्न सकिन्छ । ग्रामिण परिवेशमा अहिले पनि यौनलाई विवाहसँग नै जोडेर हेरिन्छ । पितृसत्तात्मक समाजका महिलाहरुलाई शक्तिशाली व्यक्तित्व भएको पुरुष मनपर्ने सम्भावना हुन्छ । किनकि उनीहरु त्यही तरिकाले हुर्किएका हुन्छन् । 

बनारसकी एक कजेल छात्रा पुनम भन्छिन्,– ‘नरेन्द्र मोदीसँग विवाह भएमा दैनिक झगडा हुन्छ । पहिलो कुरा त उनी ‘दाजु–भाई’ र ‘दिदी–बहिनी’बाट आफ्नो कुरा सुरु गर्नेछन्, जुन कसैले सहन सक्दैनन् । उनी कसैको कुरा सुन्दैनन्, त्यसैले कुरै गर्न बेकार हुन्छ । अब खाली सुन्नका लागि त कोहीले पनि विवाह गर्दैनन् । तर, एक क्यजुअल अफेयरको कुरामा भने पुनम भन्छिन्, यो ‘एक्साइटिङ’ हुनसक्छ ।’ 

मनोवैज्ञानिक चिकित्सक अश्रा गुप्ता भन्छिन्,– ‘प्रधानमन्त्रीको योजनाहरु यी चीजमा निक्कै प्रभाव पार्नेछन् । घरलाई छत दिनु, ग्यास सिलेन्डर र महिलासँग जोडिएका योजनाहरु लञ्च गर्नाले महिलाहरुसँग भावनात्मक रुपले जोडिनु सजिलो हुनसक्छ । एक परम्परागत ग्रामिण महिला आफ्नो श्रीमानको रुपमा यस्तो मान्छे खोज्न मनपराउँछिन्, जो उसलाई सुरक्षित महशुस गराउँछ । 

मोदी महिलासँग कुराकानी गर्न सहज छन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अभिनेत्रीहरु कंगना रनाउट, अनुष्का शर्मा, प्रियंका चोपडादेखि लिएर इभान्का ट्रम्पसँगका तस्विरहरु बाहिर आए । मोदीले यस्तो कुनै पनि अवसरलाई त्यसै जान दिँदैनन्, जसमा कुनै पनि सेलिब्रेटीभन्दा ठूलो सेलिब्रेटी आफूलाई देखिएको छ । यी तस्विरहरुमा मोदी सहज देखिन्छन् । खुलेर वार्तालाप गर्छन् र हाँस्छन् । 

(प्रस्तुत आलेखमा उल्लेखित महिलाको नाम परिवर्तन गरिएको छ । ‘दि प्रिन्ट का लागि ज्योति यादवले तयार पारेको यो आलेख समाचार दैनिकका लागि गिता सुब्बाले अनुवाद गरेकी हुन् ।’)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर