• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:21 am

भक्तपुरमा प्रसिद्ध 'बिस्का जात्रा' को रौनक सुरु.... (फोटोफिचर)

भक्तपुर । आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्रा बुधबारदेखि सुरु भएको छ । भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिएको हो ।

काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्का जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी र्पुयाएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।  गुठी संस्थान कार्यालय भक्तपुरका अनुसार बुधबार बिहानैदेखि भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा, गुह्य पूजालगायत सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो ।

बिस्का जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका अनुसार बिस्का जात्रा शान्तिपूर्ण र सुरक्षित बनाउन जात्रा सञ्चालन हुने भक्तपुरको भार्वाचोदेखि दत्तात्रयसम्म ४३ वटा सीसी क्यामेरा जडान गरिएको छ ।

सौरमास वि सं का आधारमा चल्ने बिस्काः जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ । सुरुको दिन अर्थात चैत्र २७ गते टौमढीमा रथ तानिने, चैत मसान्त अर्थात चैत्र ३० गते ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानिन्छ ।

सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी यस वर्षको बिस्का जात्रा सम्पन्न गर्ने परम्परा छ ।
 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

गहना खोज्ने जात्रा : हरेक वर्ष खोजिन्छ तर कहिल्यै भेटिदैन ! (फोटोफिचर)

  • ७ बैशाख, २०७६

काठमाडौं । काठमाडौंमा कहिले के को जात्रा त कहिले के को जात्रा ? प्रायजसो विभिन्न समूदायका विभिन्न जात्रा तथा मेलाहरु काठमाडैं लगायत उपत्यकामा

पैदल यात्रामा जलजला : मनै लोभ्याउने प्रकृतिको सुन्दरता (फोटोफिचर)

  • ७ बैशाख, २०७६

रोल्पा । जलजला । प्रायः मान्छेहरुले सुनेको नाम हो । धेरैको मनस्पटलमा ‘जलजला’ शब्द सुन्नेबित्तिकै ‘माओवादी जनयुद्ध’ को १० वर्षको याद सुटुक्क

स्याङजाको भीरकोटस्थित गडहरे गुफा अवलोकन गर्नेको संख्या बढ्दै (फोटो फिचर)

  • ४ बैशाख, २०७६

पोखरा । स्याङजाको भीरकोट नगरपालिका वडानं ९ स्थित गडहरे गुफामा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । गुफाको एकैदिन पाँच सय जना भन्दा बढिले अबलोकन