• मंगलबार ३-१०-२०७६/Tuesday 06-25-2019/ 08:26 pm

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित 

महोत्तरी ।  महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ ।

एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि एचआइभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । 

यसैगरी नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष ९ विसं २०७५० गत अक्टुबरमा रक्तपरीक्षणबाट थप एक सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिए । 

सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ । जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५-७६ को गत साउनयता हालसम्म रक्तपरीक्षण गर्न आएकामध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ । 

अस्पतालमा कूल सङ्क्रमितमध्ये ११६ महिला, ८५ पुरुष र तीन तेस्रो लिङ्गी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा राजीवकुमार झाले जानकारी दिए । उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १३५ र पुरुष ११६ देखिन्छ । जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् ।

हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ । त्यस्तै सङ्क्रमित १९ महिलामध्ये छ सङ्क्रमित पुरुष  (पति) का पत्नी रहेका परियोजनाले जनाएको छ ।

त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा झाको भनाइ छ । जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका १९ बालबालिका भने गर्भैदेखि सङ्क्रमित भेट्टाइएको अस्पताल र परियोजनाको तथ्याङ्कमा उल्लेख छ ।

पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग बढेसँगै एचआइभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ । 

यता जलेश्वर अस्पतालले भने सङ्क्रमित हुने क्रम खासै नघटेको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सङ्क्रमितले सुरक्षित यौन सम्बन्ध बढाएका र दक्षिणी क्षेत्रमा त्यसमा असावधानी हुँदा एउटै जिल्लामा पनि क्षेत्रगत सङ्क्रमित वृद्धिदर फरक परेको स्वास्थ्यकर्मीको भनाई छ । 

जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको दुवै रक्त परीक्षण केन्द्रले जनाएका छन् । विदेश जानेमा पाइएको सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केकाहरूमा बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेहरूलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्य पक्षसँग माग गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

याैन इच्छा नहुनु राेग हाेइन, यस कारण हु्न्न याैन इच्छा

  • १० असार, २०७६

यौनको विषयमा सकारात्मक विचार आउनु राम्रो कुरा हो। सकारात्मक भनेको एकअर्कामा सहमति र स्वस्थकर यौनसम्पर्क। यौन सम्पर्क राख्ने सोच मानिस अनुसार फरक

रेसायुक्त खानेकुरा प्रशस्त खानुस्, यी रोगहरूबाट बच्नुस्

  • १० असार, २०७६

रेसायुक्त खानेकुराले मुटुरोग, क्यान्सर र पाचन प्रणालीमा आउने समस्यालाई टाढा राख्छ। यस्तो खानेकुराले कोलेस्ट्रोल, रक्तचाप र मोटोपनालाई नियन्त्रणमा

अनुहारमा चायापाेताे किन आउँछ ?

  • ९ असार, २०७६

तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी चायापोतोले सताउँछ। चायापोतो विशेषगरी अनुहारमा आउँछ। अनुहारमा आउने चायापोतो नाक, गाला, निधारमा, निधारको