• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यसरी खिचियो ‘ब्ल्याक होल’को पहिलो वास्तविक तस्विर

तस्विरः बिबीसी

बिबीसी । भूगर्भशास्त्रीले सुदुर ग्यालेक्सीमा अवस्थित ‘ब्ल्याक होल’को तस्विर बुधबार जारी गरेका छन् । 

५३.५ खर्ब प्रकाश वर्ष टाढा ‘आकाशगंगा एम८७’ मा रहेको यस विशालकाय ब्ल्याक होलको तस्विर सार्वजनिक भएको हो, जसबाट ग्यास र प्लाज्माको सुन्तला रंगको प्रकाश निस्किरहेको देख्न सकिन्छ । 

वैज्ञानिकहरुले ब्रेसेल्स, सांघाई, टोकियो, वासिंटन, स्याटियागो र ताइपेमा एक साथ प्रेस वार्ता गरेर तस्विर सार्वजनिक गरेका छन् । आन्तरिक्षको बारेमा जान्न उत्सुक विश्वभरका उत्साहीले ब्ल्याक होलको पहिलो वास्तविक तस्विरको प्रतिक्षा गरिरहेका थिए । 

विश्वका विभिन्न ठाउँमा राखिएका ८ टेलिस्कोपको टनेवर्कबाट खिचिएको यो तस्विर ‘ईभेन्ट होरिजन टेलिस्कोप’ परियोजना अन्तर्गत हो । 

यस अनुसन्धानमा सहभागी नेदरल्याण्डका वैज्ञानिक हेइनो फाल्केले सो ब्ल्याक होल सौर्यमण्डलभन्दा ठूलो रहेको बिबीसीलाई बताएका छन् । यसको घनत्व सूर्यभन्दा साढे ६ अर्ब बढी रहेको उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर