• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 02:16 pm

बिरामीको चाप बढेसँगै नाजुक बन्दै मानसिक अस्पताल

ललितपुर । मानसिक रोगीको उपचार गर्ने देशको एक मात्रै केन्द्रीयस्तरको ‘मानसिक अस्पताल पाटन’ को अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ । 

पर्याप्त मात्रामा आवश्यक जनशक्ति, उपचारकक्ष, शैया, पुनसर््थापना सेवा,  पानीको सुविधा र दैनिक बिरामीको चाप बढेसँगै अस्पतालको अवस्था नाजुक बन्दै गएको हो । बहिरङ्ग सेवा लिन दैनिक १५० देखि २०० बिरामी आउँछन् तर यहाँ उपचार कक्षको अभाव छ ।

स्थापनाकालदेखि ५० शैया रहेको सो अस्पतालको अवस्था त्यसबाट माथि उठ्न सकेको छैन । शय्याको अभावमा बिरामी त्यसै फर्कनुपर्ने बाध्यता छ । सरकारले अस्पताललाई वार्षिक रु दुई करोड दिने गरे पनि यति रकमले कतै पनि छेउ नलाग्ने मानसिक अस्पताल पाटनका निर्देशक डा मोहनराज श्रेष्ठ लाखेले गुनासो गरे ।

  “अस्पतालमा कुल ७४ जना कर्मचारीको दरबन्दी छ । त्यसमा ४८ जनाको पदपूर्ति छ भने रिक्त दरबन्दी २६ को सङ्ख्यामा छ”, लाखेले भने, “३५ जना कर्मचारी करारमा कार्यरत छन्, उनीहरुलाई अस्पतालको सटर भाडाबाट उठेको रकमबाट मात्र महिनामा आठ हजारदेखि बाह्र हजार तलब खुवाउनुपर्ने बाध्यता छ । ”

अस्पतालमा हाल पाँच जना एमडी चिकित्सक कार्यरत छन् । उपचार सेवा लिन दैनिक  १५० देखि २०० बिरामी आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै हाल ३०० शैयाको  व्यवस्थित भवन निर्माण गर्ने योजना अघि बढाएका छौँ ।

त्यसमा करीब एक सयदेखि १५० शय्या मात्र थप्न सकियो भने चिकित्सक र बिरामी दुवैको समस्या समाधान हुने अस्पतालका सूचना अधिकारी एवं प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट डा अनन्तप्रसाद अधिकारीले बताए । 

“मानसिक रोग लागेका बिरामीलाई कम्तीमा पनि एक हप्ता अस्पताल राख्नुपर्ने हुन्छ । अस्पताल बस्ने हरेक बिरामीसँग दिनको ५० उठाएर दिनको तीन पटक खाना र खाजा खुवाउने व्यवस्था गरेका छौँ”, अधिकारीले भने, “थप बिरामी आउँदा उनीहरुलाई अन्तरंग सेवामा भर्ना गर्न नसकेर आकस्मिक कक्षमा राख्नुपर्ने बाध्यता भएको छ, जब बिरामी उपचार गरेर घर फर्कन्छन् तब उनीहरुलाई साधारण कक्षमा सार्ने गर्नु परिरहेको छ ।” 

अस्पतालमा अपराह्न ३ देखि ५ बजेसम्म पेइङ (चिकित्सक शुल्क) मा आउने बिरामी जाँच्ने गरिन्छ । पेइङ शुल्क प्रत्येक बिरामीसँग ४०० र क्याबिनमा बस्ने बिरामीसँग २५० लिने गरिएको छ । आजकाल मानिसको आम्दानी कम भएर होला उच्चकोटिको जीवनयापन गर्न खोज्दा त्यहीअनुसार जिउन नपाई मनमा कुरा खेली मानसिक रोग बढेको  बहिरङ्ग सेवा सिनियर अनमी हस्तमाया अर्यालले बताए । 

अस्पतालमा महिला र पुरुष दुवैलाई उपचार गर्ने कक्ष छुट्टाछुट्टै छ  तर सो रोग लागेका बिरामीका एक  आफन्तलाई भने कुरुवामा राख्नुपर्ने हुँदा उक्त कक्षको व्यवस्था गर्न नसकेको बताइएको छ । अस्पतालले प्र्रयोगात्मक परीक्षा गर्न आउने हरेक विद्यार्थीसँग वार्षिक रु ५० हजार लिने गरेको छ ।

यसका आधारमा अस्पतालले प्र्रयोगात्मक परीक्षामार्फत वर्षमा १८ लाखदेखि २० लाख उठाउँछ । अस्पतालका सात  सटरबाट प्रत्येकको ५८ हजारको दरले वर्षको चार लाख ६० हजार उठाइए तापनि उपकरण खरीद र बिरामीको हेरचाहमा सो रकम पु¥याउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालमा हालसम्म सुविधासम्पन्न भवन  तथा नयाँ र आधुनिक उपकरण अभावका साथै पिउने पानीको समस्या निकै छ । पानीको समस्या समाधान गर्न अस्पतालले दुई तीन पटक डिप बोरिङ गरे तापनि आवश्यक पानी झिक्न नसकेको यहाँका एक कर्मचारीले बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोराना सङ्कटका बेला योगाभ्यास अति उपयोगी : अध्ययन

  • १२ जेठ, २०७७

मेलबर्न । कोरोना सङ्कटका बेला मानसिक स्वास्थ्यका लागि योगाभ्यास अति उपायोगी हुने एक अध्ययनले देखाएको छ । कोरोनाको त्रास र लकडाउनका कारण बढेको

६६ वर्षीय क्यान्सर बिरामीले जिते कोभिड-१९

  • १० जेठ, २०७७

लखनउ । भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ

रोग प्रतिरोधात्मक क्षमता बढाउनदेखि उच्च रक्तचाप रोक्नसम्म बिहान खाली पेटमा खानुस् लसुन

  • १० जेठ, २०७७

काठमाडौं । हाम्रो भान्सामा दैनिक रुपमा लसुनको प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग