गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस 

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष गण्डकी प्रदेशको महालेखापरिक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार आयोजित एक समारोहकाबीच नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कँुवर समक्ष पेस गरेका हुन् । 

प्रदेश सरकार स्थापना भएपछि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको रकमको से्रस्ताको लेखापरीक्षण गरि पहिलो पटक प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो । 

नायव महालेखा परीक्षक पौडेलले प्रदेश प्रमुख कुँवरलाई प्रतिवेदनमा समावेश भएको विवरणको संक्षिप्त जानकारी पढेर सुनाएका थिए । 

प्रदेश प्रमुख कुँवरले प्रतिवेदन सुनेपछि गण्डकी प्रदेशभित्र कानूनबमोजिम राख्नुपर्ने स्याहास्रेस्ताहरु र कानून बमोजिम गर्नुपर्ने काम कर्तव्य सन्तोषजन रुपमा गरिरहेका छौं भन्ने बिल्कुल नलागेको बताए । ‘कानूनले डिउटी तोकेपछि त्यसको अक्षरस पालना हुनुपर्छ भन्ने मेरो मात्र हैन सबैको धारणा हो । त्यसरी नै देश र राज्य व्यवस्था अगाडी बढिरहेको हुन्छ’ उनले भने,‘कानुनको कार्यान्वयमा र कानुनको पालानमा उदासिन भइयो भने देशको समृद्धि र समुन्नती धेरै पछाडी पर्छ भन्ने कुराको निम्ति हामीलाई कुनै किसिमको प्रमाणको जरुरी छैन ।’ 
आरम्भमै भएकाले कुनै प्राविधिक कारणले दुरुस्त नराखेका कारण महालेखा परिक्षकका कार्यालयले जेजस्ता कमिकमजोरी औंल्याइएको छ त्यसलाई सैवैंधानिक र कानुनी दायित्व पूरा गरेको मान्नुपर्ने प्रदेश प्रमुखको भनाई थियो । 

प्रदेश प्रमुख कुँवरले आगमी दिनमा प्रदेशका अख्तियारप्राप्त अधिकारीले कानुन बमोजिम काम गर्ने प्रतिबद्धता गर्नु आजको आवश्यक रहेको सुनाए । 

नेपालको संविधान धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अगलअगल प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने प्रावधान रहेको छ । 

सोही प्रावधान बमोजिम महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा गण्डकी प्रदेशभित्र रहेका सरकारी कार्यालयमा गरिएको महालेखा परीक्षणको ब्यहोरा समेटिएको प्रतिवेदन नायव महालेखा परीक्षक पदमराज पौडेलले पेस गरेका हुन् । 

प्रतिवेदन कार्यान्वयनका लागि प्रदेश प्रमुखबाट प्रदेशका मुख्यमन्त्री मार्फत प्रदेश संसदनमा पेस गर्ने प्रावधान रहेको छ । 

प्रतिवेदन पेस गर्न काठमाडौंबाट नायव महालेखा परिक्षक पौडलेसहित निर्देशक अनन्त तिवारी र लेखापरीक्षण अधिकारी कृष्णप्रसाद दहालसहितको टोली पोखरा आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर