कानुन निर्माणका बारेमा बर्दियामा छलफल

बुटवल । प्रदेश नं ५ प्रदेशसभा सचिवालयको आयोजनामा शुक्रवार बर्दियामा जनसरोकार र कानुन निर्माण प्रकृया विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा स्थानिय तहका पदाधिकारी तथा स्थानिय थारु अगुवाहरुसहित विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रदेश सभाबाट भइरहेका गतिविधिका बारेमा जानाकारी गराइएको थियो । कार्यक्रममा वोल्दै प्देश ५ की उपसभामुख कृष्णी थारुले थारु समुदायको हकहितका पक्षमा प्देश संसदबाट सक्दो काम गर्ने बताएकी थिइन । थारु समुदायको भाषा सस्कृति बचाउन आवश्यक भएको चर्चा गर्दै उनले कस्तो कानुनको आवश्यकता पर्दछ भन्नेमा अगुवाहरुको धारणा आउनुपर्ने बताइन । बडघर र भाषा थारु समुदायमा रहेको भएपनि सस्कृति बचाउन सबै लागि पर्नुपर्ने धारणा उनले राखिन । थारु समुदायका अगुवाहरुले विगतमा खेलेका भुमिकाहरु प्रशंसनीय रहेको भन्दै सामाजिक सदभाव कायम राख्नदेखि सहयोगी भावनाको विकास विगतदेखि नै रहदै आएको बताइन । 

प्रदेश सभाका सुचना अधिकारी मनोजकुमार पाण्डेका अनुसार कार्यक्रममा सहभागि अगुवाहरुले थारु समुदायको हितमा काम गर्न सुझाव दिएका थिए । बडघर प्रथाका बारेमा कार्यक्रममा विशेष चर्चा भएको थियो । 

कार्यक्रममा संघीय संसदका सांसद विमला विक, प्रदेश सांसदहरु कुलप्रसाद पोखरेल, तिलकराम शर्मा, दीपेश थारु, भुवनेश्वर चौधरी, लौटी थारुलगायतले कानुन निर्माण प्रकृया तथा जनसरोकारका विषयमा चर्चा गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर