• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

कविता : सरकार र हिंशा 

सरकार निरिह भएपछि, देशमा लुट भैरहन्छ ।
खै के गर्दै छ सरकार, बलत्कारी लाई संरक्षण दिईरहन्छ ।।
कैयौ नाबालिकाको अश्मिता लुटिन्छ यहाँ ।
उ भने कानमा तेल हालि रमिता हेरेर बस्छ त्यहाँ । 

आफ्नै आमाको प्रसव बिर्सिएर छोराहरु उस्तै आमाहरु प्रति नाता बिर्सिन थाले ।
गुन्यो चोली लाउने आमालाई पनि छाडेनन रे उनिहरुले उनको  सरिरसँग पनि खेले ।।
नाङ्गो अनि छोटा कपडा लगाएर बलत्कारको सिकार हुन्छन  भनिरहँदा ।
के गल्ति थियो र ति निर्मला पन्तको, भविष्य बनाउन कापि कलम बोकेर हिँडिरहँदा ।।  

आवाज पनि मलिन भयो अब दोषिको बिरुद्दमा कारबाहिको माग गरिरहँदा ।
हत्यारा, बलत्कारी जस्ताले संरक्षण पाएर खुलेआम हिँडिरहँदा ।। 
दोषिलाई कार्बाहिको माग गर्दा प्रहरिको गोलि लागेर मर्यो रे बालक ।  
देशमा बलत्कार र लुट मच्चिरहँदा, कानमा तेल हाली बस्छन  देश चलाउने चालक ।।  

न्यायलयको गेटमा मगन्ते बनेर स्वयम्ं बसेको छ न्याए ।
देशको ढोका बन्द गरेर मचान बाट उर्दि पनि लाए ।।  
देशको शुसाशन सिंहदरबारको मूलढोकामा लम्पसार भएको छ ।  
स्थानिय तहदेखि केन्द्रसम्म लुटेराको जमात चलिरहेछ ।।  

पखला चल्दा विदेश जान्छौ कति बन्छौ नेता तिमि लाचार । 
सिटामोल नपाएर जनता मरिरहँदा देख्या छैनौ र सरकार ।।  
आँफै भ्रष्ट भएपछि किन बोल्थे उनिहरु गरिव र निमुखा जनता लुटिरहँदा । 
लाज लाग्दैन तिमिहरुलाई, संसद् भवनमा मसिनो स्वरले सदाचारको गित गाईरहँदा ।।   

आफ्नो ऋणि ओठको मुस्कान मुस्कान खोज्दै ।
शरिरको अन्तिम थकाई मेट्ने चिहान खोज्दै । । 
युवाहरु डिग्रीको सर्टिफिकेट च्याति विदेशिरहँदा ।  
कम्ता हाँसो त उठ्दैन देश चलाउने देखि फिलिम खेल्नेले एसईईको परिक्षा दिईरहँदा ।।  

यो त अति भो सरकार करले पनि सिमा नाघिसक्यो । 
थाहा छैन सुनचोरी र जहाज किन्दा लुट्ने कहाँ भागिसक्यो।।    
विकाशको नाउँमा सम्पति कमाई सातपुस्तालाई पाल ।
अब त विदेश बाट बाकसमा आउने लासको पनि कर लगाउन थाल ।।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर