• सोमबार १-९-२०७६/Monday 04-22-2019/ 12:02 am

मधेशवादी दलको पसल बन्द हुन लागेको छ : सिके राउत

जनकपुरधाम । जनमत पार्टीको पहिलो जनसभामा पार्टीका अध्यक्ष सिके राउत मधेशवादी दल तथा प्रदेश सरकार बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । 

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले मधेशवादी दलले मधेशी जनतालाई भ्रममा पार्ने बाहेक अन्य कुनै काम नगरेको आरोप लगाएका छन् । उनले मधेसवादी दलको पसल बन्द हुन लागेपछि भ्रम फैलाउने काम शुरु गरेको बताए । 

सिरहाको मिर्चैयामा आयोजित पार्टीको प्रथम जनसभामा अध्यक्ष राउतले मधेसवादी नेताले फैलाइरहेको भ्रममा नपर्न मधेसी जनतासँग अपिल समेत गरे । उनले भने, ‘कसैको पसल त कसैको ठेकेदारी बन्द हुन लागेको छ , त्यसैले उनीहरु जनतामा भ्रम फैलाउँदै हिडेका छन् ।’
राउतले सरकारसँग गरेको सम्झौता बारे सोधखबर लिने औकात मधेशवादी दलमा नभएको बताए । 

उनले सरकारसँग आफूले होइन, सरकारले नै सम्झौता गरेको भन्दै विजयी हासिल गरेको दावी गरे । उनले मधेसी जनताको अधिकारका लागि आफ्ना कार्यकर्ता ज्यान दिन तयार रहेको बताए ।
उनले सप्तरीको मलेठ घटनाको बेला मधेसवादी दल पनि सरकारमा रहेको र ५ मधेसीको हत्या हुँदा पनि सरकार नछोडेको स्मरण गराए । 

उनले मधेसी दल जनताको हत्या गराएर आफू सधैं सत्तामा रमाइरहेको कुरा कसैबाट नलुकेको बताए । 

सभामा राउतलाई माला लगाएर स्वागत गर्नुका साथै मिथिलाको लोकगीत झिझिया नृत्यबाट स्वागत गरिएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आठौं राष्ट्रियमा प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको उत्कृष्ट प्रदर्शन 

  • ८ बैशाख, २०७६

पोखरा । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा जारी प्याराग्लाईडिङ तर्फ नेपाली सेनाको त्रिभुवन क्लबले एक्यूरेसी र क्रसकन्ट्री तर्फका

बुटवलमा सडक क्षेत्रमा बनेका घर भत्काउन ७ मिने म्याद

  • ८ बैशाख, २०७६

बुटवल । सडक क्षेत्र अतिक्रमण गरी बुटवलमा बनाइएका घरहरु भत्काउन बुटवल – बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले ७ दिने म्याद दिएको छ । यस सडक खण्ड

वृहत विराट क्षेत्र विकास सम्बन्धी विधेयकको नियतमाथि सांसदको नै प्रश्न !

  • ८ बैशाख, २०७६

विराटनगर । सरकारले प्रदेश सभामा पेश गरेको वृहत विराट क्षेत्र विकास सम्वन्धी विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा आठ जना