• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

राष्ट्रपतिसहित ६ सय जनालाई बालुवाटारमा प्रधानमन्त्री ओलीको रात्री भोज  

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना आदान प्रदानका लागि रात्री भोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरिएको रात्री भोजमा झण्डै ६ सय अतिविशिष्ठ तथा विशिष्ठ व्यक्तिहरुलाई निम्तो गरिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीदेखि बर्तमान मन्त्रिपरिषदका सवै मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सांसदहरुलाई निम्तो दिईएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले समाचार दैनिकलाई जानकारी दिए । 

अति विशिष्ठ तथा विशिष्ठ व्यक्तिहरु, उनका सहयोगी सुरक्षाकर्मी लगायत बालुवाटार पुग्दा ५ सयको हाराहारीमा आगन्तुक उपस्थित हुने प्रधानमन्त्री कार्यालयको अनुमान छ ।

प्रधानमन्त्री ओलीले नेपाली चाडपर्व तथा नयाँ वर्षलाई विशेष महत्व दिने गरेका छन् । अघिल्लाे पटक २०७२ कार्तिक १२ गते प्रधानमन्त्री हुँदा अाेलीले संविधान जारी भएकाे खुशीयालीमा भन्दै तत्कालिन सभासद तथा दलका नेताहरू लगायत ६ सय जनालाई रात्रीभाेज दिएका थिए । त्यतिबेला महाभुकम्प  र त्यस लगत्तै भारतले लगाएकाे नाकाबन्दी र का कारण देश गम्भिर संकटमा थियाे । 

विदेशी नयाँ वर्षभन्दा पनि नेपाली मौलिकतासहितको नयाँ वर्षलाई विशेष महत्व दिएर प्रधानमन्त्री ओलीले राजनीतिक व्यक्तित्वहरुलाई रात्रीभोजसहित शुभकामना आदान प्रदान गर्न लागेको संयोजक अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर