नयाँ वर्ष २०७६ लाई सम्वृद्धिको आधार वर्षको रुपमा उपयोग गर्ने : मुख्यमन्त्री पोखरेल

पाल्पा । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले नयाँवर्ष २०७६ साल सम्वृद्धिको आधार वर्षको रुपमा उपयोग गर्ने बताएका छन् । पाल्पाको तानसेनमा आइतबार आयोजित नयाँ वर्ष २०७६ सालको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले गतवर्ष नयाँ संविधान कार्यान्वयनको आधारभूत वर्षको भएको बताए । 

विगत तीन वर्ष समस्याग्रस्त वर्षहरुको रुपमा भूकम्प, नाकावन्दी जस्ता समस्याले सोचेजति काम गर्न नसकेको बताउदै मन्त्री पोखरेलले यो ७६ साल अनुकुल रहने छ र यो वर्षलाई सम्वृद्धिको यात्रा तय गर्ने वर्षका रुपमा लिएइको बताए ।

सबैको सहकार्यमा विकास सम्भव भएको भन्दै मन्त्री पोखरेलले मैलिक हक कमजोर राष्ट्रका लागि चूनौती रहेको भएपनि संविधानका धाराहरुमा रहेका मौलीक हक भने विश्वकै उत्कृष्ट रहेको उहााको दावी छ । 

जतिवेलासम्म राष्ट्र सक्षम बन्न सक्दैन त्यतिबेलासम्म नागरिक पनि कमजोर नै रहने भन्दै मुख्यमन्त्री पोखरेलले राष्ट्रको विकास र उन्नतीको लागि सबैको सकारात्मक सहयोगको आवश्यकता पर्ने बताए । एउटै पुस्ताले तीनवटा क्रान्ती सफल पारेपनि अधिकार सम्पन्न र सुखी हुन नसकेको उनको भनाई छ ।
 
राणा शासन, पञ्चायत र राजा शासनको अन्त्य भएपनि अहिलेसम्म जनता अधिकारसम्पन्न हुन नसकेको बताउदै मुख्यमन्त्री पोखरेलले यसको लागि जनता सम्पन्नशाली हुनुपमा जोड दिए । मुख्यमन्त्री पोखरेलले भने–  ‘तीनवटा क्रान्ती राज्यकै विरुद्ध थिए र त्यो क्रान्ती आवश्यक थियो तर अहिलको फरक छ । नागरिकको चाहना अनुरुप संघीय संरचनामा गएका छौ । काठमाण्डौ केन्द्रित राजनितिक अधिकार तीन तहमा बाँडिएको छ ।’

सरकारको विरोध गर्दा आनन्द मान्नेहरुले गर्दा देशको विकास हुन नसकेको मन्त्री पोखरेलको भनाई छ । आशा र विश्वास नभएको व्यक्ति वा राष्ट्रको विकास हुन नसक्ने भन्दै मुख्यमन्त्री पोखरेलले राज्यप्रति विश्वास हुनुपर्छ र राम्रा काममा साथ दिनुपर्ने बताए । देशमा संघियता र नयाँ संविधान जारीभएसँगै मुलुकको औषत आयातमा ६ प्रतिशतले वृद्धि भएको बताउदै देश समृद्धि र विकासको क्रममै रहेको बताए । प्रदेस सरकारले पाल्पाको अभिसापको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डको सडक वरदानको रुपमा सावित गरिने गरी काम गर्ने बताए । 

सिद्धबाबा सडकलाई चारलेनको सडकको रुपमा विकास गर्ने लक्ष्यका साथ प्रदेस सरकारले योजना बनाएको उनको भनाई छ । तत्काल विकल्पको लागि चरङगे–झुम्सा सडकखण्डको काम सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेर काम थालिएको मुख्यमन्त्री पोखरेलले बताए । तानसेन पर्यटकीय रुपबाट सुन्दर रहेपनि केही सडक विस्तारको क्रममा देखिएको विबादलाई छाडेर सबैको भलो हुनेगरी बाटो चैडा गरेर अघि बढ्न मन्त्री पोखरेलले सुझाब दिए ।
 
मन्त्री पोखरेलले नयाँ वर्षको अवसर पारेर पाल्पाको पर्यटकीय र ऐतिहाँसीक ठाउँहरु रानीमहल, पाल्पा दरबार संग्रालय, श्रीनगरडाँडा, रुरु क्षेत्र धाम लगायतका स्थानहरुको स्थलगत अवलोकन गरी ती ठाउँहरुको विकासका लागी प्रदेश सरकारले कार्यक्रम बनाएर अघि बढ्ने बताए । यो वर्ष पर्यटन वर्षको रुपमा मनाउनका लागी पर्यटकीय क्षेत्रकहरुको विकास गरेर आन्तरीक तथा वाह्य पर्यटक भित्राएर आम्दानी लिन सकिन्छ मुख्यमन्त्री पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर