• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

फेसबुकमा डाटा चोरीपछि मार्क जुकरबर्गको सुरक्षा ४ गुणा बढ्यो

एजेन्सी । पछिल्लो वर्ष फेसबुकका संस्थापक मार्क जुकरबर्गको नीजि सुरक्षामाथि कम्पनीले करिब २ करोड डलर अर्थात् २२१ अर्ब करोड रुपैयाँ खर्च गरेको छ । यसबाट मार्क जुकरबर्गलाई कति सुरक्षा दिइएको छ भनी अनुमान लगाउन सकिन्छ । 

अझ रोचक कुरा के छ भने, सन् २०१६ को तुलनामा जुकरबर्गको सुरक्षाका लागि गरिएको खर्च चार गुणा बढेको छ । सन् २०१७ मा जुकरबर्गको सुरक्षाका लागि मात्रै २.५२ करोड डलर अर्थात् २७९ अर्ब रुपैयाँ खर्च भएको थियो । 

एक रिपोर्टअनुसार, अमेरिकाको सेक्योरिटी एक्सचेन्ज कमिसन(एसईसी)मा शुक्रबार फाइलिङका दौरान फेसबुबले कम्नीले नीजि विमानमाथि कुल २६ लाख डलर खर्च भएको बताएको छ, जुन पछिल्लो वर्ष खर्च भएको रकमभन्दा १५ लाख डलर बढी हो । 

चार्टर कम्पनीहरुलाई मिल्ने विमानको यस खर्चमा इन्धन, चालक दल र क्याटेरिङको खर्च पनि सहभागी छ । 

फेसबुकमा डाटा चोरी र चुनावमा हस्तक्षेप गरेको आरोपपछि संस्थापक मार्क जुकरबर्गको सुरक्षाको रकममा बढोत्तरी भएको छ । फेसबुकका संस्थापक, कार्यकारी प्रमुख, अध्यक्ष र कन्ट्रोलिङ सेयरहोल्डर भएकाले जुकरबर्गको सुरक्षा बढाइएको कम्पनीको भनाई छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर