• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

हैदरावादमाथि दिल्लीको सहज जित, हैदरावाद ३९ रनले पराजित

एजेन्सी । इन्डियन्स प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । 

यो जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५५ रन बनायो । उसका लागि कप्तान श्रेयस ऐयरले ४५ तथा कोलिन मुर्नोले ४० रन बनाए । जवाफमा हैदरावाद मात्र १८ ओभर ५ बलमा एक सय १६ रनका अलआउट भयो ।

राम्रो सुरुवात गरेको हैदरावादले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेपनि त्यसपछिका ब्याट्सम्यान एकपछि अर्को रुपमा आउट भए । उसका लागि डेविड वार्नरले ५१ तथा जोनी ब्रेस्टोले ४१ रन बनाए । तर त्यसपछि हैदरावाद अरु ४४ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो ।

उसलाई कम स्कोरमा रोक्न कागियो रावाडाले चार तथा क्रिस मोरीसले तीन विकेट लिए । जितपछि दिल्ली आठ खेलमा ५ जीतका साथ १० अंक बनाउदै दोस्रो स्थानमा उक्लेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर