• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नापोलीको सहज जित, चिभो ३–१ गोल अन्तरले पराजित

एजेन्सी । ईटालियन सिरि ए फुटबलमा दोस्रो स्थानको नापोलीले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा नापोलीले चिभोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । नापोलीको जितले शीर्ष स्थानको युभेन्ट्सले उपाधिका लागि अझै केही समय पर्खनुपर्ने भएको छ । कालीदो कौलीबलीले यस सिजनमा पहिलो पटक दुई गोल गर्ने क्रममा नापोलीलाई सहज जित दिलाए ।

१५ औ मिनेटमा पहिलो गोल गरेका उनले ८१ औ मिनेटमा दोस्रो गोल गरेका थिए । मिलिकले ६४ औ मिनेटमा नापोलीलाई ३–० को स्थितीमा पु¥याएका थिए । सिजरले ९० औ मिनेटमा गोल गर्दै घरेलु टोलीको हार अन्तर घटाउने प्रयास गरे । दोस्रो स्थानको नापोलीको ६७ अंक छ ।

नापोली शीर्ष स्थानको युभेन्ट्स भन्दा १७ अंकले पछाडी छ । चिभो तालिकाको पुछारमा रहेको छ । रेलिगेशनमा परेको चिभोले यस सिजन मात्र एक खेलमा जित निकाल्न सक्यो । युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलको आगामी मंगलबार अजाक्ससंग प्रतिस्पर्धा गर्दैछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर